Sorry, your browser does not support JavaScript! न्यूरोमा पेनलेस डेलिभरी सेवा - Merodesh.news

न्यूरोमा पेनलेस डेलिभरी सेवा

विराटनगर, ३१ साउन। न्यूरो अस्पताल विराटनगरको विस्तारित साखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलमा दुखाइरहित (पेनलेस) डेलिभरी सेवा सुरु भएको छ ।  प्रसूति तथा बाल उपचार सेवा दिने उदेश्यले खोलिएको साखाबाट साउन महिनादेखि पेनलेस डेलिभरी सेवा सुरु भएको हो ।

पेनलेस डेलिभरी सेवा

पेनलेस डेलिभरी सेवाकालागि अस्पतालले दुखाइरोग बिषेशज्ञ डाक्टर शैलोजजंग डागीलाई भित्रियाएको छ । डागी पूर्व क्षेत्रका चर्चित दुखाइरोग बिषेशज्ञ हुन् । ‘डेलिभरी गराउदा महिलालाई २१ वटा हडडी  एकै पटक भाचिए बरारको पीडा हुन्छ ।’ डाक्टर डागी भन्छन् ‘पीडा रहित नर्मल डेलिभरीकालागि सेवा सुरु गरेका छौ ।’

उनका अनुसार बिदेशमा ९० प्रतिशत डेलिभरी गराउदा पेनलेस सेवा लिने प्रचलन छ । नेपालमा भने सन २००६ देखि भित्रिएकाले धेरैलाई पेनेलस डेलिभरीका बारेमा जानकारी छैन् । डेलिभरीकालागि भर्ना भएका विरामीलाई काउन्सिलिङपछि मात्र पेनलेस सेवा प्रदान गरिदै आएको अस्पतालले जनाएको छ ।

न्यूरो अस्पतालमा कार्यरत स्त्रीतथा प्रसूति रोग बिषेशज्ञ डाक्टर रेणुका राठीका अनुसार डाक्टरस“ग सम्पर्कमा रहेका विरामीलाई सामान्यतय पाठेघरको मुख करिब ३ सेन्टीमिटर खुलेपछि पेनलेस सेवा लिन चाहे प्रदान गरिने छ । उनी सहज रुपमा नर्मल डेलीभरीकालागि पेनलेस सेवा उत्तम हुने बताछिन् । सेवाग्राहीले चाहे ढाडमा सुई हानेर पाइप मार्फत दुखाई कम गर्ने औषधिको प्रयोग गरिने छ ।

सामान्य तया पेनलेस सेवा लिदा साइड इफेक्ट नहुने डाक्टर डागी बताउछन् । ‘पेनलेस सेवा लिदा सामान्यतया ब्लड प्रेसर लो हुने टाउको दुख्ने समस्या हुन्छ ।’ उनी भन्छन ‘ दश हजारमा १ जनालाई न्यूरोलोजिकल समस्या देखा पर्छ ।’ उनी साइड इफेक्ट देखा परे औषधि मार्फत नियन्त्रण गरिने बताउछन् । अस्पतालकी व्यावस्थापक सुम्नीमा घिमिरेका अनुसार पेनलेस सेवा धेरै महङ्गो पनि छैन् । प्रसूति शुल्कमा ५ हजार थप गर्दा पेनलेस सेवा प्रदान गरिने छ ।

अस्पतालले प्रसूति गराउदा बालरोग बिषेशज्ञ डाक्टरलाई उपस्थीति गराउन थालेको छ । जन्मिने बच्चाको स्वास्थ्य अवस्था जाच र सहज उपचारकालागि प्रसूति गराउदा बालरोग बिषेशज्ञको पनि निरगानीमा राख्ने गरेको हो । अस्पतालमा बालरोग बिषेशज्ञ डाक्टर शुरेशप्रसाद साह कार्यरत छन् ।

अस्पतालले निसन्तान दम्पतीकालागि कृतिम गर्भधारण सेवापनि सुरु गरेको छ । डाक्टर रेणुका राठीका अनुसार अस्पतालले कृतिम गर्भधारण सेवा पनि सुरु गरेको हो । क्रितिम गर्भधारण सेवा विराट नर्सिङहोम पछि न्यूरो अस्पतालले सुरु गरेको हो ।

अस्पतालले डेन्टल तथा छाला रोग सम्बन्धी सेवा पनि सञ्चालनको तयारी थालेको छ । व्यावस्थापक सुम्निमा घिमिरेका अनुसार भदौबाट दाता तथा छाला रोग सम्बन्धीको उपचार सेवा पनि सञ्चालनगर्न लागिएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]