Sorry, your browser does not support JavaScript! नेपाल विधालय कर्मचारी परिषद्ले सामुदायिक विधालय बन्द गर्ने - Merodesh.news

नेपाल विधालय कर्मचारी परिषद्ले सामुदायिक विधालय बन्द गर्ने

विराटनगर,  ३० साउन। सामुदायिक विधालयमा कार्यरत कर्मचारीले आफ्नो हकहित, अधिकार तथा सेवा, सुविधाका लागि प्रथम चरणको आन्दोलन अन्र्तगत सरोकारवालासँग अन्तरक्रिया गरेका छन् ।

नेपाल विधालय कर्मचारी परिषद्

उनीहरुले साउन ३१ गते स्थानिय निकायलाई ध्यानआकर्षण गराउने तथा भदौं ३ र ४ गते सामुदायिक विधालय बन्द गर्ने जनाएका छन् ।
सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि देवुकुमार खतिवडाले सामुदायिक विधालयमा कार्यरत कर्मचारीको पक्षमा बोल्दै सम्बन्धित निकायमा कुरा राख्ने बताए ।

नेपाल विधालय कर्मचारी परिषद् मोरङ जिल्ला अध्यक्ष शैंलेन्द्र कुमार ताजपुरियाले आफ्नो हकहित, अधिकार तथा सेवा, सुविधाका सम्बन्धमा प्रकाश पारेका थिए । अन्य वक्तामा ढुण्डीराज पौडेल, बिष्णुराज लामिछाने, खेमराज भट्टराई, संजिव घिमिरे, हरिप्रसाद पराजुली, योगेन्द्र बहादुर कार्की, अर्जुन ठाकुर र शिवराज विष्ट लगाएतले सामुदायिक विधालयमा कार्यरत कर्मचारीको हकहित, अधिकार तथा सेवा, सुविधाका बारेमा भनाई राखेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल विधालय कर्मचारी परिषद् विराटनगर महानगर समितिका अध्यक्ष श्यामकुमार महतोले गरेका थिए ।

साथैं उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष किरण थापाले गरेका थिए । नेपाल विधालय कर्मचारी परिषद् विराटनगर महानगर समितिले अन्तरक्रिया गरेको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]