Sorry, your browser does not support JavaScript! ‘फोहरलाई मोहर’ बनाउन झापाका पाँच नगरपालिका एकजुट - Merodesh.news

‘फोहरलाई मोहर’ बनाउन झापाका पाँच नगरपालिका एकजुट

झापा, ३० साउन। फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् ।

फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने गृहकार्य भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

कुहिने र नकुहिने फोहरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने उहाँले बताउनुभयो । कुहिने फोहर, प्लास्टिकजन्य फोहर, कागज र धातुजन्य फोहर गरी चार भागमा वर्गीकरण गरिने भएको हो । कुहिने फोहरबाट बायोग्यास र प्लाष्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकालिने जनाइएको छ ।

बायोग्यास उत्पादनका लागि चार हजार घनमिटर क्षमताको प्लान्ट स्थापना गरिने भएको छ । सो कार्यका लागि रु १६ करोडको लागत लाग्ने र विश्व बैंकले ४० प्रतिशत अनुदान दिने भएको छ । बाँकी ६० प्रतिशत नगरपालिका र स्थानीयवासीबाट लगानी गरिने नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

प्लान्ट स्थापनाका लागि कनकाई नगरपालिका–२ मा तीन बिगाहा जग्गासमेत व्यवस्थापन गरिएको छ । कुहिने फोहरबाट मिथेन ग्यास निकालेर सिलिण्डर वा पाइललाइनमार्फत घरघरमा पु-याइने ती नगरपालिकको योजना छ ।

कुहिने फोहर हप्तामा दुई पटकसम्म सङ्कलन गरिने र त्यसका लागि टोलस्तरीय कमिटी गठन गरिएको छ । कनकाई नगरपालिकामा २३ वटा समिति गठन गरिएको छ भने बिर्तामोड र अर्जुनधारामा गठन प्रक्रियामा रहेको छ ।

बढ्दो शहरीकरणसँगै फोहरमैला चुनौतीका रुपमा देखिएकाले त्यसको दीर्घकालीन व्यवस्थापन गर्न सहकार्य गरेर अघि बढ्न लागेको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो ।

प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकाल्नका लागि रु तीन करोडको लागतमा प्लान्ट स्थापना गरिने भएको छ । जसका लागि प्रदेश नं १ सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ । पाइरोलाइसिस प्रविधिबाट एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ ।

फोहर व्यवस्थापनका लागि आफूहरुले अघि सारेको योजना कति प्रभावकारी हुन सक्छ भन्ने विषयमा अध्ययन गर्न आबद्ध नगरपालिकाको एक टोली अध्ययन गर्न चीन वा भारत जाने तयारीमा रहेको छ ।

लगानी खेर जान्छ कि जाँदैन, उत्पादनले बजार पाउँछ पाउँदैन, अरु देशमा यसको अवस्था कस्तो छ भन्ने अध्ययन गर्न टोली चीन वा भारत जाने तयारीमा रहेको कनकाई नगरप्रमुख पोखरेलले बताउनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]