Sorry, your browser does not support JavaScript! वाग्लेलाई नारायण– श्रीप्रसाद–दिव्यराज स्मृति पुरस्कार - Merodesh.news

वाग्लेलाई नारायण– श्रीप्रसाद–दिव्यराज स्मृति पुरस्कार

विराटनगर, ३० साउन । वरिष्ठ पत्रकार तथा कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्ले सम्मानित हुने भएका छन् ।

उद्घोष दैनिक विराटनगरको १४ औं वार्षिकोत्सवको अवसरमा भदौ २ गते वाग्ले सम्मानित हुने भएका हुन । उनलाई नारायण–श्रीप्रसाद–दिव्यराज स्मृति पुरस्कारबाट सम्मान गरिन लागिएको हो ।

कमलराज दाहालले आफ्ना पिता–पुर्खाको नाममा स्थापना गरेको नारायण–श्रीप्रसाद–दिव्यराज दाहाल स्मृति प्रतिष्ठानले उद्घोष दैनिकको सहकार्यमा उक्त पुरस्कारबाट वाग्लेलाई पुरस्कृत गर्ने निर्णय भएको हो ।

पुरस्कारको राशी ५१ हजार रहेको छ। वार्षिकोत्सवको दिन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको हातबाट पुरस्कार वितरण गरिने छ । यो पुरस्कार हरेक वर्ष वितरण गर्दै आइएको छ ।

पुरस्कृत हुन लागेका वाग्ले तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनी कान्तिपुर दैनिकको समाचार सम्पादक, प्रधान सम्पादक, नागरिक दैनिकको प्रधान सम्पादक हुँदै सेतोपाटी अनलाइनका प्रमुख लेखक-टिप्पणीकार थिए । दस वर्षबीचमा वाग्ले पुनः कान्तिपुर दैनिकको प्रधान सम्पादक छन्।

वाग्लेको साहित्य क्षेत्रमा पनि उतिकै योगदान छ। माओवादी सशस्त्र युद्धकालका घटनाहरूलाई कथावस्तु बनाएर उनले लेखेको ‘पल्पसा क्याफे’ उपन्याय पुस्तक अहिले अहिले पनि लोकप्रिय छ। मदन पुरस्कार बिजेता ‘पल्पसा’पछि वाग्लेले ‘मयुर टाइम्स’ उपन्यास बजारमा ल्याएका थिए।

यस्तै, स्व। राजेश्वर रेग्मी स्मृति गजल पुरस्कारबाट पथरीका पत्रकार भूपेन्द्र तिम्सिना पुरस्कृत हुने भएका छन्। पुरस्कारको राशी ११ हजार रुपैयाँ छ। साहित्य तथा सामाजिक विषयमा कलम चलाउने तिम्सिना दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]