Sorry, your browser does not support JavaScript! को को होलान एक नम्बर प्रदेशमा मन्त्री महिला ? - Merodesh.news

को को होलान एक नम्बर प्रदेशमा मन्त्री महिला ?

विराटनगर , ९ साउन । महिलाहरुको सहभागी नभएको भन्दै सर्बत्र गुनासो बढेपछि एक नम्बर प्रदेश सरकारमा अव महिलाहरुलाई पनि सहभागी गराउने सरकारले प्रतिबद्धता जनाएसँगै को होला मन्त्री भन्ने चर्चा चुलिन थालेको छ ।

मन्त्री महिला

चौतर्फी गुनासो र दवावपछि चाडै पुर्नगठन हुने मन्त्रिमण्डलमा महिलाहरुलाई पनि संबैधानिक अधिकार अनुसार सुनिश्चित गराउने प्रदेश सरकारले आश्वासन दिएपछि अब को होला प्रदेश सरकामा मन्त्री महिला भनेर चर्चा चुलिन सुरु भएको हो । कसैले खुलेरै आफु सक्षय, योग्य र त्यागी भएकोले आफुले स्वत मन्त्री पद दाबी गरिरहेका छन । अनि कसैले चाँही पार्टी योगदान र शमावेशिता र भुगोललाई समेत ख्याल गरेर पुर्नगठित सरकारमा सहभागी गराउनुपर्ने आपेक्षा राखेका छन ।

सरकारमा महिला सहभागिताबारे गुनासो बढेपछि सरकार सजग

सत्ताधारी पार्टीका महिला साँसदहरुले प्रदेश सरकारमा महिलाको सहभागीता भएको भन्दै निरन्तर प्रदेश सभामा गुनासो गर्दै आएका थिए ।अर्कोतितर ३ फागुनमा गठन भएको प्रदेश १ को सरकारले अझै पुर्णता नपाएको र शमावेशी पनि नभएको भन्दै प्रदेशका नागरिकहरुमा पनि चर्चा व्यपाक भैरहेको थियो ।

पटक पटक प्रदेश सभामा महिला साँसदहरुले महिलालाई सरकारमा किन सहभागीता नगराएको, संबिधान किन पालना नगरेको भन्दै प्रश्न उठाउँदै आएका थिए । यसैले २७ साउनमा एक नम्बर प्रदेश सरकारका प्रबक्त्ता तथा आन्तरिक मामिला तथा योजना मन्त्री हिक्मत्तबहादुर कार्कीले साँसदहरुको प्रश्नको जवाफ दिँदै चाँडै पुर्नगठन हुने मन्त्री मण्डलमा महिलालाई शमाबेशिताको अधिकार अनुसार सहभागी गराउने सुनिश्चित भैसकेको जानकारी गराएका थिए ।

यसैले सरकारका प्रबक्त्ताले प्रदेश सभामै महिलाहरुलाई संवैधानिक अधिकार अनुसार सहभागी गराउने प्रतिबद्धता आएपछि प्रदेश एक सरकारमा मन्त्री बन्ने महिलाहरुको नाम चर्चामा आउन थालेको छ ।

को को साँसद महिला मन्त्रीको चर्चामा ?

हाल एक नम्बर प्रदेश सरकारमा मन्त्री बन्ने नामहरुमा तात्कालिन एमाले र माओबादी सहितका साँसद महिलाहरुको नाम चर्चामा आएको छ । जसमा मोरबाट यशोदा अधिकारी, साबित्रा रेग्मी, उदयपुरबाट अम्बिका थापा, कला घले, खोटांगबाट उषाकला राई, सुनसरीबाट उमिता बराईली, झापाबाट जसमाया गजमेर, शंखुवासभाबाट सरिता थापा (खडका) इलामबाट खिनुलङबा लिम्बु, र पाँचथरबाट सिता थेबे लगायतको नाम चर्चामा आएको छ । हाल तात्कालिन एमाले र माओबादी केन्द्र पुर्नगठन भएर नेकपा बनिसकेको र सबै तहको एकिकरणमा नेकपा जुटिरहेकोले सरकार बिस्तार हुन भने केही ढिलो हुनेछ । स्रोतका अनुसार आगामी भदौ भरिमा प्रदेश सरकार बिस्तार भएर पुर्णता पाइसक्नेछ ।

मन्त्रि हुने चर्चितहरु साँसद महिलाहरु यसो भन्छन

यशोदा अधिकारीले पार्टीले आफनो त्याग र कामको सही मुल्यांङकन गरेर आफुलाई स्वत मन्त्रीमा नियुक्त गराउनुपर्ने बताइन । उनले भनिन, — “म दाबी गर्दिन तर त्याग र काम हेर्दा म सबैभन्दा अगाडी मुल्यांङकनमा पर्छु यसैले म मन्त्री बन्नेमा ढुक्क छु ।”

उदयपुरकी साँसद अम्बिका थापाले आफु जेष्ठ र सक्षम भएकोले मन्त्री पदकालागि योग्य दाबेदार भएको बताइन । उदयपुरकै अर्की साँसद कला घले आफु शसक्त र जुझारु भएकोले पार्टीले सरकारमा मन्त्री नियुक्त गर्नेमा बिश्वस्त रहेको बताउँछिन । यस्तै दाबी इलामकी खिनुलङबा लिम्बु, पाँचथरकी सिता थेबे र शंखुवासभाकी सरिता थापा (खडका) हरुको पनि छ । चर्चा अनुसार उनिहरुले भुगोल र सिमान्तकृत समुदायको आधारमा आफुहरुलाई मन्त्री नियुक्त गर्नुपर्ने आपेक्षा गरेका छन ।

खोटाङकी साँसद उषाकला राईलाई योग्य सक्षम दाबेदारका रुपमा चर्चा गरिदैछ । तर साँसद उषाकलाले चाँही आफनो मन्त्रीमा दाबी नभएको तर पार्टीले मुल्यांकन गरेर अवसर दिएमा मात्र अघि बढने बताएकी छन । उषाकलाले आफुलाई प्रदेश सभाको सभामुख उम्मेदवारमा पनि आकांक्षा राखेकी थिइन ।

यस्तै सुनसरीका उमिता वराईली र झापाकी साँसद जसमाया गजमेरले सरकारमा एक जना पनि दलित मन्त्री नभएमा त्यो शमाबेशी नहुने भएकोले आफुहरुले अवसर पाउनुपर्ने आपेक्षा गरेका छन । प्रदेश सभामा सत्तातर्फबाट दुई जना मात्र दलित साँसदहरु भएकोले सरकारलाई पुर्ण शमाबेशी बनाउन एक जना दलित मन्त्री बनाउन पार्टी सचेत रहेकोले मन्त्री बन्नेमा आफुहरु ढुक्क भएको साँसद उमिता बराइली बताउँछिन । साँसद जसमाया गजमेरले मन्त्री चाहियो भनेर दाबी गर्दै आफु नकुदने तर पार्टीले आफै शमाबेशि अधिकार भनेको के हो र सक्षम को छ भनेर बुझेर मन्त्री नियुक्त्त गर्नुपर्नेमा जोड दिइन । भनिन, — “मन्त्री पद भनेको माग्दै हिँडेर पाइने कुरो पनि हैन अधिकार कसलाई र किन दिने त्यो पार्टीले आफै बुझनुपर्छ ।”

कति अधिकार छ प्रदेश सरकारमा महिलाहरुको ?

३ फागुनमा गठन भएको एक नम्बर प्रदेश सरकारको ५ सदस्यि मन्त्रिमण्डलमा एक जना पनि महिला छैनन । हालसम्म प्रदेशमा सात वटा मात्र मन्त्रालय कायम छन । सातवटा मात्र मन्त्रालय कायम भएमा महिलाहरुले कम्तीमा २ र ९ भएमा ३ वटा मन्त्रालयमा मन्त्री हुने हक राख्छन । यदी मन्त्रालयको सँख्या ११ पुगेमा संविधान अनुसार ३३ प्रतिशत समानुपातिक अधिकार अनुसार मन्त्री हुने महिलाहरुको सँख्या ४ जना पुग्नेछ । यसैले मन्त्रालयको सँख्या ११ पुगेमा चाँडै एक नम्बर प्रदेश सरकारमा २ जना मन्त्री महिला हुने लगभग पक्का देखिएको छ ।

स्रोतका अनुसार ढिलै भएपनि प्रदेश सरकारले पुरुष आकांक्षीहरु पनि धेरै भएकोले मन्त्रालयको सँख्या बढाएर ११ बनाउने सोच बनाइरहेको छ । तर एक नम्बर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले भने, — “मन्त्रालयको सँख्या ९ बनाएर राज्य र सहायक मन्त्री पनि नियुक्त गर्ने कि ११ मन्त्रालय बनाउने भन्नेबारे छलफल चरिहेको छ टुङ्गो लागिसकेको छैन ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]