Sorry, your browser does not support JavaScript! विपी कोइराला पनि हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन चाहन्थे - Merodesh.news

विपी कोइराला पनि हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन चाहन्थे

विराटनगरमा २०१४ सालमा भएको भाषा आन्दोलनको कथा

केशवप्रसाद गौतम बिराटनगर महानगर निवासी प्रगतिशिल साहित्यकार हुन । बिराटनगरको ऐतिहासिक बिष्णुमाया पुस्तकालय, पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठान लगायत बिभिन्न प्रगतिशिल सँघसँस्थाहरुसँग जोडिएका गौतम नेपाल राष्ट्रको स्वाधिनता र राष्ट्रियताबारे सचेत छन । २०१४ सालामा हिन्दी भाषाभाषीका आन्दोलनका बिरुद्ध नेपाली भाषा समिति गठन गरेर बिराटनगरमा आन्दोलन भएको थियो ।नेपाली भाषा र संस्कृतिको रक्षा गर्न बिराटनगरबासीले २०१४ सालमा गरेको आन्दोलनको यर्थाथ कथा साहित्यकार गौतमले मेरोदेश यसरी सुनाए .

केशव गौतम (साहित्यकार, विराटनगर)

प्रजातन्त्र आएपनि भाषाले सम्मान पाएको थिएन

२००७ सालमा नेपालमा प्रजातन्त्र आए पनि नेपाली राष्ट्रियता सबल भएको थिएन, त्यसबेला नेपालको तराई क्षेत्रको अवस्था सार्है नाजुक थियो, विराटनगरका स्कूलहरुमा अधिकांस शिक्षकहरु भारतीय थिए । शिक्षाको माध्यम हिन्दी थियो । पाठ्य (पुस्तकहरुमा “हमारे प्रधान मन्त्रि जवाहरलाल नेहरु है” “हमारे रास्ट्रपति डा. राजेन्द्रप्रसाद है” जस्ता कुरा नेपाली विद्यार्थीहरुले पढ्नु पर्दथ्यो ।

स्कुलमा प्रार्थना गर्दा “जनगण मन अधिनायक जयहे भरत भाग्य बिधाता” भनेर प्रार्थना गर्नु पर्दथ्यो । स्कुलको के कुरा, त्यसवखत हाम्रा देशका नेताहरुमा पनि भारतीय भाषा प्रति मोह थियो । मातृका प्रसाद कोइराला, विशेश्वर प्रसाद कोइराला जस्ता ठुला नेताहरु त्यसबेला नेपालको राष्ट्र भाषा हिन्दी हुनु पर्छ भन्नु हुन्थ्यो । नेपालका ठुला ठुला राजनेताहरुमा हिन्दि भाषा प्रति मोह थियो भन्ने कुरा २०१४ साल असोज महिनामा राष्ट्रिय कांग्रेस, नेपाली कांग्रेस र प्रजा परिषद्को त्रिदलीय मोर्चाले विराटनगर सहिद मैदानमा आयोजना गरेको आमसभाले प्रस्ट पारेको थियो ।

लोप हुन नदिन राष्ट्रिय भाषा समितिको गठन

विपी कोइराला, डा डिल्लीरमण रेग्मी र भद्रकाली मिश्र वक्ता भएको सो आमसभामा भद्रकाली मिश्राले हिन्दी भाषामा बोल्न सुरु गरेपछि प्रदीपकुमार थपालिया र मेघराज बिस्ट लगायत नेपाली भाषाप्रेमीहरु बीच भनाभन भयो । आमसभा हुन सकेन । त्यस घटनाको केहि दिनपछि प्रादीप कुमार थपालिया र राजेन्द्र आचार्यलाइ कोइराला निवास बोलाइयो । उहाहरु कोइराला निवास गएपछि बिपी कोइरालाले वहाँहरुलाई प्रश्न गर्नुभयो, तपाईहरु को हो ,राष्ट्रभाषा निर्धारण गर्ने ? राष्ट्र भाषा के हुनुपर्दछ भन्ने कुरा त संबिधान सभाले तय गर्नेछ । वहाँहरुले बिपी कोइरालालाइ जवाफमा भन्नुभयो– “यो देश नेपाल हो र यहाँको राष्ट्रभाषा नेपाली हो । त्यसको लागि संबिधान सभाको निर्णयको आवश्यकता पर्दैन, किन भने यो स्वत सिद्ध कुरा हो ।”

विपी कोइरालासंग यति कुरा भाइसके पछि आफ्नो देशमा आफ्नै राष्ट्रभाषा हुनुपर्दछ र आफ्नै भाषामा पठन – पाठन हुनुपर्दछ भन्ने सोच भएका केहि युवाहरु बिराटनगरमा लक्ष्मीराजभक्त नेपालीको घरमा भेला हुनुभयो । नेपालमा आफ्नो राष्ट्रिय भाषा र संस्कृति लोप हुन नदिन र नेपाली भाषा, कला, र संस्कृति को विकास गर्नका लागि उहाहरुले नेपाली राष्ट्रिय भाषा समितिको गठन गर्नुभयो ।

राष्ट्रिय भाषा समिति को अध्यक्षमा कमल प्रसाद घिमिरे ,सचिबमा लक्ष्मी राज भक्त नेपाली तथा सदश्य हरुमा प्रदिप थपलिया, डम्बर बहादु कार्की आदि रहनु भएकोथियो त्यसबखत बिराटनगर शंकरपुर स्थित जनता हाई स्कुलमा लक्ष्मीराजभक्त नेपाली कार्य समिति को सचिब हुनुहुन्थ्यो ।

शिक्षा मन्त्री लक्ष्मीप्रसाद देवकोटाले परिपत्र गरे

वहाको आग्रह का कारण प्रदिप कुमार थपालियाले अबैतनिक शिक्षकका रुपमा त्यहाँ पढाउन थालेको हुनु हुन्थ्यो।  वहाले पढाउन थालेको केहि दिनमै हिन्दि भाषामा पढाउन अस्विकार गर्दै नेपाली भाषामा पढाउने माग गरेर संचालक समिति लाइ निबेदन गर्नु भयो।   संचालक समिति ले वहालाई नेपाली भाषामा पढाउने अनुमति दिनुका साथै नेपाली भाषामै पठन पठन गर्नु पर्ने, भारतीय परिवेशका पाठ्य पुस्तक हरु हटाईनु पर्ने र ‘ जनगण मन  ‘ मा रोक लगाउनु पर्ने समितिको निर्णय सुनाए पछि भारतीय शिक्षकहरुमा खैला बैला मच्चियो।  भारतीय शिक्षकहरुले नेपाली भाषामा पढाउने कुराको बिरोध गरे र सहयोग लिनका लागि तराई कांग्रेसको शरणमा पुगे ्र तराई कांग्रेस ले भारतीय शिक्षकहरु को सहयोग गर्ने निर्णय गर्यो र जनता स्कुलको सँचालक समितिको बिरोध गर्दे “तीनपैनीमे एक नया प्रकारका सरकार गठन” भन्ने शीर्षक पर्चा निकाल्यो ्र यता नेपाली भाषा भासी हरुमा पनि जागरण आइसके को थियो । नेपाली राष्ट्रिय भाषा समितिले पनि ‘ नेपाल नेपाली को हो ” भनि पर्चा निकाल्यो र महानन्द सापकोटा को अध्यक्षतामा, मेघराज बिष्ट उपाद्यक्ष प्रदिप थपलिया सचिब र सदश्यहरुमा लक्ष्मी राजभक्त नेपाली , डम्बर बहादुर कार्की, जगदीश नेपाली राजेन्द्र आचार्य रहेको ‘ नेपाल भाषा समिति ‘ बनाएर ” हाम्रो राष्ट्रिय भाषा एवम संस्कृतिको विकास गर्छौ ,गर्छौ” भन्ने नाराका साथ बिराटनगर का विभिन्न ठाउमा प्रदर्शन गर्यो । समितिले आन्दोलन चर्किए पछि तत्कालिन नेपाल सरकारका शिक्षा मन्त्रि लक्ष्मी प्रसाद देवकोटाले नेपाली भाषामा पठन पठन गर्न परिपत्र जारी गर्नु भयो ।

भारतीय शिक्षकहरुले कालो दिवस मनाए

यसरी नेपालमा राष्ट्रभाषाप्रतिको जागरण आएको र तात्कालीन सरकारले समेत समर्थन गरेकाले बिराटनगरका स्कुलहरूमा कार्यरत भारतीय शिक्षकहरूले बिराटनगर स्थित भारतीय महाबाणिज्यदुतसंग सम्पर्क गरीनेपाल सरकाकले गरेका परिपत्रको बिरोधमा २०१४ साल मंसिर ४ गतेलाई “कालो दिवस”का रूपमा मनाउने भनी विरोधकार्यक्रम गर्ने निर्णय गरे र एउटा बृहद् जुलुसर आमसभाको आयोजना गरे ।

जुलुसमा बिराटनगरका मात्र नभई भारतको जोगवनी फार्बिसगन्ज, पूर्णिया सम्मका भारतीयहरु सामेल भएका थिए । जुलुसले नगर परिक्रमा गरी शहिद मैदानमा पुगेर आमसभा गर्ने कार्यक्रम थियो । जुलुसमा उत्तेजक नारा लगाएको थियो । तराइ प्रान्त रहेगा ,हम अपना शासन आप करेंगे, तराइकी भाषा हिन्दी हैं । यसरी नारा लगऊदै जुलुसको नेतृत्व गर्नेहरु तराइकांग्रेसका नेताहरु डा । अवध नारायण,तोलाराम दुगड,चैतुलाल चौधरी, आसुलाल बोहराआदी हूनुहुन्थ्यो ।

भाषा शास्त्री महानन्द सापकोटोको नेतृत्वमा प्रतिकार समिति बन्यो

उता बरिष्ठ साहित्यकार तथा भाषा सास्त्री महानन्द सापकोटाको अध्यक्षतामा भारतीय भाषा (भाषीको जुलुसको प्रतिकार गर्न सहिदमैदानमा दिउसो देखी नै आमसभा सुरु गरिसकेको थियो । नेपाली भाषाको बिरोधमा भैरहेको जुलुसले पनि शहिद मैदान मा गएर आमसभा गर्ने खबर सुनेपछी दुई थरीका बिचमा ठुलो संघर्ष हूनसक्ने सम्भावना देखेर होला बडाहाकिम तारकबहादुर शाहले भारतीय भाषाभासी हरुको जुलुसलाई सहिद मैदानमा पस्न नदिइ कोशीअञ्चल अस्पताल तर्फ अगाडि बढन लगाए । शहिद मैदानमा आमसभा गर्ने अवशर नपाएपछि भारतीय भाषाभाषीहरुको जुलुस त्यही बाटो अगाडि बढेर कोशीअञ्चल अस्पातलको चौरमा आमसभा गर्न लाग्दा अस्पतालका डक्टरहरुले आपत्ती गरेपछि त्यो जुलुस आमसभा गर्न हाटखोला तर्फ लाग्यो ।

त्यसबेलासम्म पूर्वाञ्चलका राष्ट्रप्रेमी जनताको ठुलो जमघट हाटखोलामा भइसकेको थियो । धरानबाट पाँच ट्रक नेपालीहरु बिराटनगर आइसकेका थिए। धनकुट्टा, तेह्रथुमबाटपनि कैयौ राष्ट्रप्रेमी नेपालीहरु बिराटनगर आइसकेका थिए । कतिपयलाई प्रहरीहरुले मुलघाटमा रोक्ने काम गर्यो । हाटखोलामा आमसभा भैरहेको ठाउँमा धरानबाट आएका ड्राइभरहरुको समुहको एक जनालाई जुलुसमा आएका भारतीयहरुले कुटपिट गरी मरणासन्न पारेको खबरले सभामा ठुलो सन्सनी उत्पन्न गर्यो ।

नेपाली र भारतीय भाषी समुह बिच कुटाकुट भयो

त्यस घटना पछि नेपाली भाषाभाषी समुह र भारतीयहरुका बिचमा भनाभन र कुटाकुट हुनथाल्यो । त्यस्तो हुनथाले पछि ड़ी ।आइ ।जी । पहलसिंह लामाले नेपालमा आइ कुटपीटमा भागलिने भारतीयहरुलाई पक्राउगर्ने आदेस दिनासाथ सीमाना पारीबाट आएका भारतीय हरुको भाग्ने क्रम शुरुभयो । यसरी भारतबाट जुलुसमा भागलिन आएका भारतीयहरु भाग्न थालेपछि उक्त जुलुसको नेतृत्व गर्ने डा । अवधनारायण ,तोलाराम चैतुलाल चौधरी आसुलाल बोहराहरु पनित्यहाबाट भागे । उनीहरु लूक्तैछिप्तै कुनै प्रकारले भारत पुगी ज्यानजोगाउन् सफल भए ।

तराई काँग्रेसका सभापति बेदानन्द झाले आत्मआलोचना गरे

नेपाली भाषा बिरोधिहरु भागेपछी नेपाली भाषाप्रेमीहरुको जुलुसले “नेपालको राष्ट्रभाषा नेपाली हो , बिदेशी दलाल मुर्दाबाद , नेपाली संस्कृति जिन्दाबाद आदि नाराहरु लगाउदै नगर परिक्रमा गरयो । त्यसकोकेहि दिनपछि नगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बनेको शान्ति ब्यवस्था समितिले बडाहाकिम तारकबहादुर शाहको निवासमा राखेको बैठकले भारतीयभाषाको वकालत गर्नेहरुलाई लिखित माफि मागेमामाफि दिने निर्णय गरे पछि वहाँहरु सबैले नेपालीराष्ट्रभाषा स्वीकार गर्छौ ,पठनपाठन नेपालीमा भएकोस्वीकार गर्छौ भनी लिखित रुपमा भनेपछि मात्र वहाँहरुले नेपाल प्रवेश गर्नु ।

भएकोथियो ।२०१४ सालमा विराटनगरमा भएको भाषा काण्डमानेपाल राष्ट्र नै आन्दोलित भएको थियो । राष्ट्रबादीर प्रगतिशिल चरीत्रका ड़ा केआइ सिंह त्यसबेलादेशका प्रधानमन्त्री हूनुहुन्थ्यो । शिक्षामन्त्री महाकबिलक्ष्मीप्रसाद देबकोटा हूनुहुन्थ्यो । यस्ता राष्ट्रप्रेमी प्रगतिशील ब्यक्तिहरुको हातमा देशको बाग्डोर भएको कारणले पनि २०१४ सालको भाषा काण्डमानेपाली भाषाको जीत भएको थियो ।

बिराटनगरमा भाषाकाण्ड भएको केहीदिन पछि तराई कांग्रेसका तत्कालिन नेता एवम सभापति बेदानन्द झाले काठमाडौंको भुगोल पार्कमा जनसभा बोलाएर हाम्रो आन्दोलन गलत थियो भनी आत्म आलोचनागरेपछि भाषाकाण्ड समाप्त भएको थियो ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

वीरगञ्ज। पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग[...]

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली
वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

पाल्पा । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी[...]

मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल
मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल

पुरुषलाई मदिरा  नखाउ भनेर सिकाउन कुनै संस्था आउदैनन् ? जति संस्था आए पनि हामी महिलालाई मात्र सिकाउने ? पुरुषले जे गर्दा पनि हुने ? आफूहरू जतिसुकै परिवर्तन भए पनि पुरुषहरु[...]