Sorry, your browser does not support JavaScript! नयाँ नेपाल निर्माणमा युवाको भुमिका महत्वपुर्ण : मन्त्री घिमिरे - Merodesh.news

नयाँ नेपाल निर्माणमा युवाको भुमिका महत्वपुर्ण : मन्त्री घिमिरे

विराटनगर, २७ साउन।  प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नयाँ नेपाल निर्माणमा युवाहरु अग्रसर हुनपर्ने बताएका छन् ।

नेपाल

अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र युवा सम्बद्ध विभिन्न संघसंस्थाको सामुहिक आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गदै उनले युवाहरु परिवर्तनका सम्बाहक रहेकाले नयाँ नेपाल निर्माणमा युवाको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । मन्त्री घिमिरेले नयाँ नेपाल निर्माणमा युवाहरुले आफ्नो लक्ष्य आफैले निर्धारण गरेर सोहि अनुसारको योग्यता र ब्यक्तित्व विकास गर्दै अघि बढ्न आग्रह गरे ।

मन्त्री घिमिरेले युवा उमेरमा जोश र होशलाई राम्ररी संयोजन गर्न सके भावी जीवन सफल हुने समेत बताए । युवाका मुद्धालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उनको भनाई थियो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले युवाहरुले सामाजिक र आर्थिक आन्दोलनको अगुवाई गर्नुपर्ने बताए । युवाहरु अझपनि मुलप्रवाह भन्दा पछाडी रहेको उनको भनाई थियो । युवा संघका केन्द्रीय उपाध्यक्ष परसुराम बस्नेतले युवालाई प्राथमिकतमा राखेर तीनै तहका सरकारले कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

सो अवसरमा मोरङका विभिन्न विद्यालयबाट आएका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सचेतनामुलक नाटक, सांस्कृतिक नृत्य र विपद जोखिम न्युनिकरण पुर्व तयारी अभ्यास प्रदर्शनी समेत गरिएको थियो ।

कार्यक्रमका थप तस्बिरहरु:

नेपाल

नेपाल

नेपाल

नेपाल

नेपाल

नेपाल

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]