Sorry, your browser does not support JavaScript! वीपी प्रतिष्ठानद्धारा १०० शैयाको अस्पताल निर्माणको तयारी शुरु - Merodesh.news

वीपी प्रतिष्ठानद्धारा १०० शैयाको अस्पताल निर्माणको तयारी शुरु

धरान, २५ साउन।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचौकमा रहेको करिव १ विघा १४ कठ्ठा जग्गामा १०० शैयाको अस्पताल सेवा विस्तारको तयारी शुरु गरेको छ ।

वीपी

सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकुल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिक रुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो ।

जिम्मेवारी पाएपछि तामाङले पुरानो अस्पतालको नामले चिनिने उक्त स्थानको स्थलगत निरीक्षण गरी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको हाल स्थानीय तहमा समायोजन भएको स्वस्थ्य चौकी र यस अन्तर्गत सञ्चालित ५ शैयाको बर्थिङ सेन्टर, पुनस्र्थापना गृह, ५ सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकहरुवाट सञ्चालित मृगौला रोग सम्बन्धि केएचडीसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको आवास, अन्य जीर्ण भवन लगायतको अवस्थाबारे जानकारी लिएकाछन् । उनले प्रतिष्ठानको योजनाबारेमा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी, प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासंग पनि छलफल गरेकाछन् ।

अस्पताल निर्माणको योजनाका साथ त्यहां रहेका सबैलाई न्यायोचित तवरले व्यवस्थापन गरिने बताइएपछि उपमहानगर लगायत सबै पक्ष सकरात्मक रहेको तामाङले बताए । प्रतिष्ठानका उपकुलपति डा. रौनियारले विरामीको अत्याधिक चापलाई व्यवस्थापन गर्न छाता चौकमा अस्पताल सेवा विस्तार गर्न जरुरी रहेको बताए । साधारण प्रकृतिको विरामीहरुको अत्याधिक चापका कारण जटिल प्रकृतिका विरामीहरुको उपचारमा प्रभाव परेकाले साधारण विरामीहरुको व्यवस्थापनका लागि उक्त स्थानमा तत्काल विशेषज्ञ सहितको स्त्री रोग, मेडिसिन ओपिडी, ल्याव, एक्सरे र अल्ट्रासाउण्डको सेवा सञ्चालन गर्ने र सम्पूर्ण सेवा सञ्चालनका लागि १०० शैयाको अस्पताल निर्माणको प्रकृया शुरु गरिने उनले बताए ।

यसका लागि सबैपक्षसंग समन्वय गरी वातावरण बनाउन सुजेन्द्र जीलाई जिम्मेवारी दिइएको छ, उनले भने ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]