Sorry, your browser does not support JavaScript! सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा : मन्त्रि अर्याल - Merodesh.news

सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा : मन्त्रि अर्याल

पोखरा, २५ साउन।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताउनुभएको छ ।

सहकारीको पूँजी

अनलाइन पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको तयारी भइरहेको बताउनुभयो । महिला र युवालाई लक्ष्य गरी उद्यमशीलताको विकास गर्नु आवश्यक भएको उहाँको भनाइ थियो । मन्त्री अर्यालले उपलब्ध साधन स्रोतको उपयोग गर्दै स्वरोजगारका कार्यक्रम अघि बढाउन सकिने बताउनुभयो ।

“सहकारीमा संकलित सानो पूँँजी समाजको आर्थिक समुन्नतिका लागि महत्वपूर्ण माध्यम बनेको छ,” उहाँले भन्नुभयो, “यसबाट आपसी समझदारी एवं सामूहिक भावनाको विकास हुँदै गएको छ ।” स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औल्याउँदै उहाँले व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने बताउनुभयो । जग्गाको खण्डीकरणलाई निरुत्साहित गर्दै उत्पादनशील बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ
पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ

बाग्लुङ, २२ मंसिर । बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलो चरेससहित मामा–भाञ्जी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार पाँच किलो चरेससहित निसीखोला गाउँपालिका–६[...]

विद्युत् प्राधिकरणद्वारा विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही
विद्युत् प्राधिकरणद्वारा विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही

दमौली। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा[...]

हेलिकप्टर दुर्घटनाप्रती मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटनाप्रती मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् । मुख्यमन्त्री गुरुङ[...]