Sorry, your browser does not support JavaScript! रमपम चाउचाउ उत्पादन गर्ने एशियन थाईफुडस सहित न्यून गुणस्तरका सामाग्री उत्पादन गर्ने उद्योग विरुद्ध मुद्धा - Merodesh.news

रमपम चाउचाउ उत्पादन गर्ने एशियन थाईफुडस सहित न्यून गुणस्तरका सामाग्री उत्पादन गर्ने उद्योग विरुद्ध मुद्धा

विराटनगर, २३ साउन।  एशियन थाइ फुड्सले उत्पादन गरेको रमपम चाउचाउ न्यून गुणस्तर रहेको पाइएको छ । महेश जाजु सञ्चालक रहेको उद्योगले न्यून गुणस्तरको उत्पादन गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्धा दायर गरेको छ ।

उद्योग विरुद्ध मुद्धा

न्यून गुणस्तरका खाद्यबस्तु उत्पादन गर्ने मोरङका बाबा भेजिटेवल आयलको सोयाविन तेल , बाग्मती आयल उद्योगको सनफ्लावर तेल र विमल फुड प्रोडक्ट प्रा।लिको भूजिया न्युन गुणस्तरको पाइएपछि जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरिएको हो । बाबा भेजिटेवल उद्योग प्रकाश मुन्दडा सहितको टिमले सञ्चालन गरिरहेको छ भने बागमति आयल उद्योगको सञ्चालन नन्दु राठीसहितको टिमले गरिरहेको छ । उनीहरुलाई खाद्य ऐन अनुसार कारवाहीकालागि जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरिएको हो ।

न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन गर्ने प्रदेश नं १ का आधा दर्जन बढी उद्योगलाई कारवाहीका लागि मुद्धा दायर गरिएको  क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी दिएको छ । झापा, मोरङ र सुनसरीका ९ उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरिएको हो ।

सुनसरी सोनापुरमा रहेको एशियन थाइफुड्सले  उत्पादन गरेको चाउचाउ न्यून गुणस्तरको पाइएपछि गत चैत ३० गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्धा दायर गरिएको हो ।

न्युन गुणस्तरको उत्पादन गर्ने झापाको सागरमति फुड्स एण्ड बेभरेज प्रा।लि, धिरज चामल उद्योग, हरि टि इन्डष्ट्रिज प्रालि, नेपाल चिया विकास निगम, मोरङका बाबा भेजिटेवल आयल, बाग्मती आयल उद्योग, सुनसरीका तरहरा सपिङ सेन्टर, एशियन थाईफुड्स प्रालि, विमल फुड प्रोडक्ट प्रा।लि रहेका छन् ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एशियन थाई फुड्स प्रालिले उत्पादन गर्ने तयारी चाउचाउ न्युन गुणस्तरको भन्दै तीन पटक जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्धा दायर गरेको थियो ।

नेपाल चिया विकास निगमले उत्पादन गर्ने चिया न्युन गुणस्तरको भन्दै दुई पटक र तरहरा सपीङ सेन्टरले उत्पादन गर्ने रहरको दाल न्युन गुणस्तरको भन्दै दुई पटक जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्धा दायर गरिएको क्षेत्रीय प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

सागरमति फुड्स एण्ड बेभरेज प्रा।लिले उत्पादन गर्ने कार्बोनेटेड बेभरेज, धिरज चामल उद्योगले उत्पादन गर्ने चामल, हरि टि इन्डष्ट्रिज प्रालिको लेवल विवरण अपूर्ण र न्युन गुणस्तर, नेपाल चिया विकास निगमले उत्पादन गर्ने चिया, मोरङका बाबा भेजिटेवल आयलले सोयाविन तेल , बाग्मती आयल उद्योगको सनफ्लावर तेल र विमल फुड प्रोडक्ट प्रा।लिको भूजिया न्युन गुणस्तरको पाईएको कोइरालाले बताए ।

क्षेत्रीय प्रमुख कोइरालाले दुध तथा दुग्ध पदार्थ, तेल तथा ध्यू जन्य खाध्यन्न, मसला, पानी जस्ता खाध्य वस्तुमा न्युन गुणस्तर पाईने गरेको बताए । उनले आर्थिक वर्ष २०७४-०७५ मा ६ सय २५ वटा खाध्य वस्तुको नमूना संकलन गर्दा ८७ वटामा प्रतिकुल अवस्था पाइएको छ ।

पछिल्लो ५ वर्षमा न्युन गुणस्तरका बस्तु उत्पादन गर्ने क्रम बढ्दो अवस्थमा देखिएको छ । आ.व. २०७०-०७१ मा ३६ वटा वस्तुमा प्रतिकुल अवस्था पाइएको छ । आ.व. २०७१-०७२ मा ४१, आ.व. २०७२-०७३ मा ३२, २०७३-०७४ मा, ६० र २०७४-०७५ मा ८७ वटा वस्तुको नमूना परिक्षण गर्दा प्रतिकुल अवस्था पाईएको प्रमुख कोइरालाले  बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]