Sorry, your browser does not support JavaScript! रानी– विराटनगर–इटहरी–धरान छ लेन सडक सर्बे गर्न सर्बसाधरणको अवरोध - Merodesh.news

रानी– विराटनगर–इटहरी–धरान छ लेन सडक सर्बे गर्न सर्बसाधरणको अवरोध

विराटनगर, २२ साउन।   रानी– विराटनगर–इटहरी–धरान छ लेन सडक परियोजनाको नया सर्वे गर्न सर्बसाधरणले अपरोध गरेका छन् । ३० मिटर मिटर चौडाई क्षेत्रमा निर्माणधिन सडकको विराटनगर ढाट देखि दुहबी सम्म गर्न खोजिएको नया सर्वेमा सर्बसाधरणले अवरोध गरेका हुन ।

१५÷१५ मिटर क्षेत्रमा निर्माणधिन सडकमा ढाटदेखि उत्तर तर्फ २५-२५ मिटर पर्ने गरी नया सर्बेको काम सुरु गरेको थियो । तर सार्बसाधरणले अपरोध गरेपछि सर्बेको काम रोकिएको परियोजना प्रमुख बिनोदकुमार मौवारले जानकारी दिए ।

६ लेन सडक परियोजनाको निर्माणाधिन सडकको विराटनगर ढाटदेखि उत्तर तर्फ ५० मिटरको सर्बे गर्न खोज्दा सर्वसाधरणले अपरोध गरेका हुन् ।

५० मिटर निर्माण गर्ने तत्काल योजना नभएपनि सडकको दाया बाया २५÷२५ मिटर क्षेत्रमा के के संरचना पर्छन भनेर अध्ययन गर्न खोज्दा सर्बसाधरणले अपरोध गरेको मौवारले बताए । सर्बसाधरणलाई सर्बेका बारेमा सम्झाउन नसकेपछि काम स्थगित भएको उनको भनाई छ ।

६ लेन सडक परियोजनाको विराटनगर इटहरी तरहरा सम्म करिब ३५ प्रतिशत काम सकिएको छ । २०७० सालमा निर्माण सुरु भएको ४९ किलोमिटरको रानी विराटनगर इटहरी धरान सडक परियोजनाको २०७५ साल सम्म आइपुग्दा ६ किलोमिटर मात्र कालोपत्रे भएको मौवारले बताए । उनका अनुसार परियोजनाको रानीदेखि तरहरा सम्म खण्ड खण्डमा निर्माणकार्य सञ्चालित छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]