Sorry, your browser does not support JavaScript! जेष्ठ नागरिकमा मानसिक समस्या बढी - Merodesh.news

जेष्ठ नागरिकमा मानसिक समस्या बढी

विराटनगर । जेष्ठ नागरिकहरुमा मानसिक समस्या बढी रहेको पाइएको छ । आइतवार  नेपाल कम्युनिष्ठ पार्टी निकट युवा संघ विराटनगर महानगरपालिका वडा नम्बर ८ कमिटिले आयोजना गरेको स्वास्थ्य शिविरका क्रममा विराटेश्वर वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकमा मानसिक समस्या बढी पाइएको हो ।

कोशी अञ्चल अस्पतल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट मानसिक रोग बिषेशज्ञ डा. रोशन पोखरेल र बरिष्ठ फिजियिसन लक्ष्मिनारायण यादवले आश्रममा रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

परीक्षणका क्रममा वृद्धा भन्दा वृद्धहरुमा बढी मानसिक समस्या पाइएको युवासंघ वडा अध्यक्ष मनिश भट्टराईले जानकारी दिए । ५५ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दा १२ जना वृद्धवृद्धाहरुमा मानसिक समस्या देखिएको भट्टराईले बताए । समस्या देखिएका मध्ये १० जना वृद्ध छन् । स्वास्थ्य परीक्षण गर्दा जेष्ठ नागरिकहरुमा हातखट्टा दुख्नेसमस्या पनि बढि पाइएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]