Sorry, your browser does not support JavaScript! आदेश उल्टि गराउन माग गर्दै उच्चमा निवेदन गराउने अभियुक्त्तहरु ३० पुगे - Merodesh.news

आदेश उल्टि गराउन माग गर्दै उच्चमा निवेदन गराउने अभियुक्त्तहरु ३० पुगे

संगठित सुन तस्करी र शनम शाक्य हत्या प्रकरण

विराटनगर, १८ साउन । संगठित रुपमा सुन चोरी तस्करी र उर्लाबारी सनम शाक्या हत्या सम्बन्धी अरोपमा जिल्ला अदालतबाट पुर्पक्षकालागि सजाय पाएका अभियुक्त्तहरुबाट उच्च अदालतमा निवेदन गर्नेहरुको सँख्या ३० पुगेको छ ।

कारागारमा बसेर पुर्पक्ष गर्नुपर्ने भनि जिल्ला अदालत मोरंगले गरेको आदेश कानुन अनुसार नभएको भन्दै उल्टि गराउन माग गर्दै कारागारमा बन्दि रहेका २९ धरौटीमा छाडिएका १ अभियुक्त्तले उच्च अदालतमा निवेदन गरेका हुन ।

जिल्ला अदालत मोरंगको आदेश बेरित भएको भन्दै अदालतको बन्दोबस्तिको नियम १७ नम्बर अनुसार रित पुर्वकको आदेश गराउदै उच्च अदालतमा निवेदन गराउनेहरुमा पुर्व डिआइजी गोबिन्द निरौला निलम्बित एसएसपी श्यामकुमार खत्री एसपी बिकासराज खनाल दिवेश लोहनी डिएपीहरु सञ्जयबहादुर राउत, प्रजितकेसी सई बालकृष्ण सञ्जेल, पहरी जवान बिष्णुबहादुर खडकादेखी बिभिन्न एयरलायन्सका कर्मचारी सुन कारोवारी र अन्य बिभिन्न आरोपी व्यक्त्तिहरु छन । प्रज बिष्णुबहादुर जिल्ला अदालतबाट १५ हजार धरौटीमा छाडिएका थिए । तर उनले आफु निर्दोष भएकोले सादा तारेखमा छाडन माग गर्दै उच्चमा निवेदन गरेका छन ।

उच्चमा निबेदन गर्ने अन्य अभियुक्त्तहरुमा हेमन्त गौतम, सम्बिर प्रसाद तोलाङगे, एल.बी भन्ने लालबहादुर मगर, टेकराज मल्ल ठकुरी, भूजुङ्ग गुरुङ्ग, महाविर प्रसाद गोल्यान, आर.के. भन्ने राजेन्द्र कुमार शाक्य, बिजेन्द्रमान श्रेष्ठ, राजन कुमार, राजु महर्जन, कपिलराज पुरी, पुण्यप्रसाद लामा तामाङ्ग, राजन थापा बालकृष्ण श्रेष्ठ, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, माधब भन्ने मदन प्रसाद घिमिरे, अम्बरमान डंगोल, मदन सिलवाल लगायत छन ।

पेशी तोकिएपनि सुनवाई भएको छैन

कारागारमा रहेर पुर्पक्ष गर्ने गरि जेल चलान भएका अभियुक्त्तहरुले १७ नम्बर माग गदैे उच्चमा निबेदन गर्नेहरुको सख्या बढदै गएपनि हाल सम्म पेशीमा सुनबाई भने हुन सकेको छैन । आर्थिक बर्ष समाप्ती र आगमनको संघार, सरकारी बकिलको कार्य व्यस्तता अनि कैफियत दाखिलामा ढिलाइ आदि कारणले पेशी तोकिएपनि इजलासमा सुनवाई हुन नसकेको रजिष्टार नारायणप्रसाद रेग्मीले बताए । उनका अनुसार निबेदन गर्नेहरु ३० जनाकै कैफियता प्राप्त भैकसकोले आगामी २४ भदौकालागि अर्को पेशी तोकिएको छ ।

३४ जनालाई पुर्पक्षकालागि जेल

मोरङ अदालतका न्यायधीश नारायणप्रसाद शर्माको ईजलासले पहिलो पटक ८ जेठमा ३० अभियुक्तमध्ये २८ जनालाई र त्यसपछि बिभिन्न मितिमा ६ जनालाई सुनचोरी तस्करी र मोरंग उर्लाबारी ७ का शनम शाक्य हत्या आरोपमा पुर्पक्षकालागि कारगार चलान गर्न आदेश गरेका थिए । अभियुक्त्तहरु मध्ये प्रहरी हवल्दार अमरबहादुर थापा ,जवान बिष्णुबहादुर खडका सहित मोरंग उर्लाबारीका सुन पसले रेवन्त आर्चाय , झापा दमकका मनिचेन्जर संचालक बिनोद अधिकारी दोलखा चरिकोटका मोतीराम श्रेष्ठलाई धरौटी बुझाएर पुर्पक्ष गर्न पाउने गरि आदेश भएको थियो ।

शनम शाक्यको हत्या पछि अनुसन्धान सुरु

१८ फागुनमा मोरंगको उर्लाबारी नगरपालिका १ स्थित जंगलमा उर्लाबारी ७ का युवा सनम शाक्यको हराएको साढे ३३ केजी सुन पत्ता लगाउन क्रममा नाइके गोरे भनिने चुडामणी उप्रेतीको समुहले हत्या गरेको थियो । सनको शव १९ फागनु बिहान विराटनगर ३ स्थित पोखरियामा जीप भित्रबाट प्रहरीले बरामद गरेको थियो । त्यसपछि गृह मन्त्रालयले बिशेष छानबिन टोली गठन गरि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे बिशेष अनुसन्धान थालेको थियो ।

पाँच जना अझै मोरंग प्रहरीको हिरासतमा

नेपाल प्रहरीको अनुसन्धानको आधारमा जिल्ला सरकारी बकिलको कार्यालय मोरंगले पहिलो चरणमा ६३ र त्यसपछि थप ७ जना गरि ७० जना बिरुद्ध अभियोग दर्ता गराइसकेको छ । हाल सम्म प्रहरीले सुन तस्करी आरोपमा ७५ जना आरोपीलाई पक्राउ गरिसकेको छ । अझै सुन कारोवारीहरु बिमल पोद्दार, ईम्तियाज उद्दिन, राजकुमार दारुका , अकवर शाह र प्रभात आग्रबाललाइ मोरंग प्रहरीको हिरासतमा छन । अनुसन्धानपछि मोरंग प्रहरीले सन २०१५ जुलाई यता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५सय ६३ ग्राम बरावर सुन तस्करी गरेको अभियोगमा ६३ जना बिरुद्ध दर्ता मोरंग जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]