Sorry, your browser does not support JavaScript! तेस्रो पटक सर्‍यो सुनकाण्डको पेसी - Merodesh.news

तेस्रो पटक सर्‍यो सुनकाण्डको पेसी

विराटनगर,  १७ साउन।  विमानस्थलबाट अबैध रुपमा भित्रिएको साढे ३३ किलो तस्करीको सुन हराउदा भरिया मोरङ उर्लाबारीका समन शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा पूर्पक्षकालागि कारागार रहेकाहरुले उच्च अदालतमा दायर गरेको पुनरावेदनको पेसी फेरी सरेको छ ।

सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले पूर्पक्षकालागि कारागार चलानको आदेश दिएका मध्ये २९ जनाले उच्च अदालतमा जिल्लाको आदेश बदरको माग सहित १७ नम्बर गरेका थिए । सो मुद्धाकालागि बहस गर्न उच्च अदालत विराटनगरले तेस्रो पटक बिहिवारलाई पेसी तोकेको थियो । तर सरकारी वकिलकार्यालयको तर्फबाट पेसी स्थगित भएपछि २४ गते बिहिवारकालागि अर्काे पेसी सरेको हो ।

सुन तस्करी प्रकरणमा पूर्पक्षकालागि थुनामा रहेका ३४ जना मध्ये २९ जनाको विरुद्ध जिल्ला अदालतको आदेश बदरको आदेश माग सहित १७ नम्बर गरेका थिए । सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेश बदरगर्न माग सहित सरकारी वकिलको तर्फबाट २ जना विरुद्ध १७ नम्बर परेको छ भने थुनामा रहेका २८ जनाले १७ नम्बर गरेका छन् ।

१७ नम्बर गर्नेमा निलम्बित पाच प्रहरी अधिकृत सहित एयरल्यान्सका कर्मचारी र तस्करी प्रकरणका नाइके पनि छन् । उच्च अदालत विराटनगरका अनुसार सञ्जयबहादुर राउत, दिवेश लोहनी, गोबिन्दप्रसाद निरौला, विकाशराज खनाल, हेमन्त गौतम, सम्बिरप्रसाद तोलाङ्गे, लाबहादुर मगर,टेकराज मल्ल ठकुरी, भूजुङ गुरुङ, प्रजित केसी, महाबिरप्रसाद गोल्यान, राजेन्द्रकुमार शाक्य, विरेन्द्रमान श्रेष्ठ, राजन कुमार, राजु महर्जन, कपिलराज पुरी, पुन्यप्रसाद लामा तामाङ, राजन थापा, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, दोरम खत्री, माधव भनिने मदनप्रसाद घिमिरे, तुलाराम थारु, अम्बरमान डंगोल, श्यामबहादुर खत्री, बालकृष्ण सञ्जेल, मदन शिलवालले जिल्लाको आदेश उपर उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

त्यस्तै जिल्ला अदालत मोरङले धरौटीमा छाडेका बिष्णुबहादुर खडका र सादा तारेखमा छुटेका अम्बरबहादुर थापालाई थुनामा राखेर पूर्पक्षगर्न पाउ भन्ने माग सहित उच्च सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो । जिल्ला अदालतको आदेश बदरको माग सहित कान्तिपुर होलिडेज प्रालि र ऐवल नेपाल ट्राभल एण्ड टुर प्रालिका सञ्चालक रामहरि सुवेदीले पनि १७ नम्बर गरेका छन् ।

सुन तस्करी प्रकरणमा जोडिएकाहरु संलग्न रहेको पाएपछि अदालतले दुई ट्राभलको कारोवार रोक्न आदेश दिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]