Sorry, your browser does not support JavaScript! नेपालीका सुखका चाहना पुरा हुन्छन् : प्रधानमन्त्री ओली - Merodesh.news

नेपालीका सुखका चाहना पुरा हुन्छन् : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताएका छन् ।

प्रधानमन्त्री ओली

२१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने प्रधानमन्त्री ओलीको भनाइ छ । “सरकार हरेक क्षेत्रलाई उत्पादनसँग जोड्न चाहन्छ । उत्पादनमा आधुनिकीकरणका माध्यमबाट उत्पादकत्व वृद्धि गरी उपभोगमा पनि सामाजिक न्याय सहितको प्रवन्ध गरिन्छ । ”

समृद्धिले मात्र सुख प्राप्त नहुने भन्दै प्रधानमन्त्री ओलीले समान अधिकार,समान अवसर,समान सुरक्षा र समान आत्म सम्मान प्राप्त भएमात्र सुख प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ । “सामाजिक न्यायलाई स्थपित गर्दै नेपालीका सुखका चाहना पुरा गरिन्छ ।”

प्रधानमन्त्री ओली

केही केही राजनीतिक पार्टीहरु बिचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिंजाउदै हिडेको प्रधानमन्त्री ओलीको भनाइ छ । “यस्ता हल्लालाई जनताले तिरस्कार गर्छन्” प्रधानमन्त्री ओलीले भने “कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अलमलल्याएका छन् ।”

प्रधानमन्त्री ओलीले तुल्सीलाललाई वाम आन्दोलनका पुराना नेताको रुपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न वहाँको महत्वपूर्ण योगदान रहेको बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]