Sorry, your browser does not support JavaScript! मुख्यमन्त्रीलाई खम्बुवानको ज्ञापनपत्र - Merodesh.news

मुख्यमन्त्रीलाई खम्बुवानको ज्ञापनपत्र

विराटनगर, १७ साउन।  १ नम्बर प्रदेशको नाम जातिय पहिचान र ऐतिहासिक पुष्ठभूमिको आधारमा ‘खम्बुवान प्रदेश’ राख्न माग सहित खम्बुवान राष्ट्रिय मुक्ती मोर्चाले ज्ञापन पत्र बुझाएको छ । खुम्बुवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले प्रदेश नम्बर १ को मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बिहीबार ज्ञापनपत्र बुझाएको हो ।

मुक्ति मोर्चाको केन्द्रीय सह–सचिव राजुदेव राई, पार्टीको प्रवक्ता रडेन्द्र तीम्म्राहाङ, जिल्ला अध्यक्ष दिलाराम राईसहित उपस्थिती भएर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयमाफर्त मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउँदै पार्टीको केन्द्रीय सह–सचिब राजुदेव राईले प्रदेशको राजधानी र नामकन तोक्न प्रदेर सरकाले ढिलाइ गरेको भन्दै उनले जातिय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकन राख्नुपर्ने बताए ।

उनीहरुले प्रदेशको राजधानी ‘नामसाम’ घोषणा गर्न समेत माग गरेका छन् । त्यस्तै अनियन्त्रित रुपमा बजारमा हरेक सामानमा बढेको मुल्यवृद्धी तत्काल फिर्ता गरि दिगो व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेका छन् । संघिय, प्रदेश र स्थानिय सरकारबाट लागू गरिएको अनियन्त्रित दोहोरो करहरु तत्काल खारेज गर्न उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]