Sorry, your browser does not support JavaScript! सरकारको कार्यशैली निराशाजनक : कमल थापा - Merodesh.news

सरकारको कार्यशैली निराशाजनक : कमल थापा

विराटनगर, १७ साउन।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको ६ महिने कार्यशैली अत्यन्त निराशाजनक रहेको टिप्पणी  गरेका छन्।

 कमल थापा

विराटनगरमा आज पार्टीको प्रदेश कार्यालय उदघाटन पछि आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुंदै उहांले सरकार सानातिना बिषयमा अल्मलिएका कारण महत्वपुर्ण कामहरुगर्न नपाएको बताए । उहांले सानातिना बिषयमा अल्मलिएकै कारण सरकारले महत्वपुर्ण सामाजिक,आर्थिक र राजनितिक रुपान्तरणका काममा प्रवेश गर्न नसकेको बताए।

सोहि कारण पछिल्लो समय सरकारको लोकप्रियतामा तीब्र ह्रास आएको उहांको भनाई थियो । यतिहुंदाहुंदै राप्रपा सरकारलाई कामगर्न दिनुपर्ने पक्षमा रहेको बताउुनुहुंदै उहांले सरकारको अगामि दिनको गतिविधि हेरेर पार्टीले रणनिति तयगर्ने बताए।

०६२-६३ को आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्ने नाममा लादिएको गलत नितिको कारण देश अहिले एकदलीय सर्वसत्ताबाद उन्मुख भएको थापाको भनाई थियो । उहांले सोहि नितिका कारण ब्यापक धर्मपरिर्वतनका कारण नेपालको सांस्कृतिक धार्मिक पहिचान संकटमा पर्नुका साथै अनियमितता र भ्रष्टाचार मौलाएको दाबी गरे  ।

त्यस्तो निति लाद्नुमा कम्युनिष्ट र कांग्रेस बराबरी जिम्मेबार रहेको उहांले बताए। कहिले डाक्टर गोबिन्द केसी र कहिले प्रधानन्यायाधिशको मुद्धा उठाएर कांग्रेसले शुरु गरेको सतही संघर्षले देशलाई समाधान दिन नसक्ने बताउदै थापाले कांग्रेसले यसअघि अवलम्बन गरेको निति र मार्गचित्रमा पुनर्विचार गर्नुपर्ने बताए।

 कमल थापा
प्रस्तावित प्रधानन्यायाधिशको सम्बन्धमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिनुहुंदै अध्यक्ष थापाले संसदीय सुनवाई समिति पार्टीको छांयाकोरुपमा देखिएको दाबी गरे।उहांले सोहि कारण समितिले स्वतन्त्र र विवेकपुर्ण निर्णय लिन नसकेको दाबी गर्नुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]