Sorry, your browser does not support JavaScript! कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट - Merodesh.news

कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट

सिओल, १६ साउन।  घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याँक सार्वजनिक भएको छ ।

कोरिया

कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८१४ अर्ब डलर ९९१३ खर्ब वन० मा झरेको छ । यो यही वर्ष जनवरी २ तारिखको तुलनामा ६ प्रतिशतको गिरावट ९५८ खर्च वन० हो ।

कोरियाको पहिलो नम्बरमा रहेको कम्पनी सामसुङ ग्रुपको बजार मूल्यमा ७ प्रतिशतको गिरावट आएको छ भने दोस्रो ठूलो कम्पनी हुन्डाई मोटर ग्रुपको बजार मूल्य ६।७ प्रतिशतले घटेको छ । तेस्रो ठूलो कम्पनी एसके ग्रुपको भने यस अवधिमा २।२ प्रतिशतको झिनो वृद्धि देखिएको छ । एलजी ग्रुपको बजार मूल्यमा १२.८ प्रतिशतले कमी आएको छ ।

सेयर बजारका विश्लेषकहरुले संयुक्तराज्य अमेरिका र चीनबीच चर्किदै गएको व्यापारिक द्वन्द्वका कारण दक्षिण कोरियाली कम्पनीको सेयर मूल्यमा नकारात्मक प्रभाव परेको बताएका छन् । कोरियाली कम्पनीको मूख्य बजार र व्यापारिक साझेदार नै यी दुई मुलुक रहेकाले पनि सेयर बजार ओरालो लागेको अनुमान गरिएको हो ।

प्रचण्ड गर्मीका कारण खाद्यान्नको मूल्य बढ्यो

दक्षिण कोरियामा पछिल्लो समयको प्रचण्ड गर्मीका कारण कृषि उपजको मूल्यमा भारी वृद्धि भएको सरकारी अधिकारीहरुले बताएका छन् । गत महिनाको तुलनामा कृषि उत्पादनको थोक मूल्यमा ६।५ प्रतिशतले वृद्धि भएको कृषि, खाद्यान्न तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ ।

बन्दा र मूलाजस्ता तरकारीको मूल्य आकासिएको छ, र औसतमा यस्तो मूल्यमा ५० प्रतिशतभन्दा बढी भएको छ । कोरियाली मौसम विज्ञान विभागका अनुसार, बुधबार दिउँसोको तापक्रम ४०.३ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ र यो सन् १९०७ यताकै सबैभन्दा उच्च हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]