Sorry, your browser does not support JavaScript! विराटनगरको ट्रेड व्यपार - Merodesh.news

विराटनगरको ट्रेड व्यपार

वि.स. २००७ सालमा प्रजातन्त्रको मिरमिरेसँगै स्थापित मोरंग व्यापार संघ र यस पछि २००८ सालमा नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्सको स्थापना सँगै उद्योगको सुरुवात भयो । यस वर्तमान परिवेशमा मोरंग व्यापार संघले नेपाल उद्योग वाणिज्य महासंघको स्थापनाका लागि खेलेको भूमिका उद्योगीहरुको छाता संगठन जसको स्थापक सदस्य पनि हो र यो संघ निरन्तर उद्योगी व्यवसायीहरुको हकहित र सरकारलाई नीजि क्षेत्रको अवधारण सल्लाह सुझाव विगत ७५ वर्षदेखी संस्थागत रुपमा दिदै आइरहेको छ ।

आज सम्पूर्ण नीजिक्षेत्र एक ढिक्का भएर देशलाई आर्थिक समृद्धि तर्फ लगी रहेको छ । यदी प्रतिशतबाट हेर्ने हो भने नीजिक्षेत्रको योगदान ७० प्रतिशत को हाराहारीमा छ र नीजिक्षेत्र सम्रग राष्ट्रको आर्थिक समुन्नतिको लागि चिन्तनका साथ अगाडि बडी रहेको छ ।

२००७ सालदेखी थाती रहेको राजनैतिक अवस्था हाम्रो नयाँ संविधानसँगै संस्थागत भएको छ र अब हाम्रो अगाडि देश विकासको साथै आर्थिक समृद्धि तर्फ उन्मुख गर्ने चुनौती हाम्रा राजनैतिक दल र सरकारको काँधमा छ, तर र्दुभाग्यबस हाम्रा राजनैतिक पाटीहरुको देश हाक्ने सोच हाल पनि परिवर्तन हुन सकेको छैन । पहिले पनि राजनैतिक मुद्दामा मात्र अल्झिएको अवस्था, आर्थिक मुद्दाले पाउनु पर्ने उचित स्थान प्राथमिकता मा छैन ।

जसको नतिजा हामीले देखिरहेका छौ । देशमा औद्योगिक कारण नहुनु, व्यापार घाटा बढ्दै जानु, निर्यातको झिनो अवस्था, कृषि प्रधान देश भनिए पनि कृषिमा परनिर्भता र पर्यटन व्यवसायको खस्कीदो अवस्था, प्रयाप्त मात्रामा अपार Opportunity हुँदा हुँदै पनि देश परनिर्यात र आयात मा आर्सित छ (निर्भर) छ । चार मुलुकसँगैको बाटोबाट सिधा सम्पर्क भारत, चीन, भुटान, बंगलादेश, कोलकत्ता बदरगाहको निजकता पर्यटक व्यवसायको लागि चाहिने जलवायु अपार सम्पदा, कृषि क्षेत्रको उपार सम्भाव्यता, जडीबुटी High Value CROP सिचाँई र हाइड्रो पावरको लागि चाहिने जलस्रोतको बहु आयमिक उपयोग गर्न नसिकिनुले गर्दा उन्नती र प्रगित हुन सकेको छैन, साथै ठूला परियोजना र आयोजना नबन्नु यसको मुल कारण राजनैतिक भागवण्डा, राजनैतिक मिलेमत्तो कै करण विकास हुन नसक्नु हो ।

मुलुकलाई उन्नती र विकास तर्फ लैजानका लागि राजनैतिक पाटीले परम्परागत सोच छोड्नु पर्छ । राष्ट्रको सहकार्यबाट आर्थिक विकासको मार्गचित्र कोर्न जरुरी छ ना की भारतलाई चीन र चीनलाई भारत देखाएर सम्भव हुन्छ, हालै भएको विनाशकारी भुकम्पबाट देशको अर्थतन्त्रमा धेरै नाकारात्मक असर चोटबाट उठन नपाउँदै, ५ महिना लामो मधेश आन्दोलन, नाकावन्दीबाट आएको आर्थिक महाभुकम्पले देशको आर्थिक विकासमा नाकारात्मक असर छोडेको छ ।  लगानी रोकिएका छन । भएका उद्योगहरु जरजर र धारासाही बन्दै अएका छन् । पर्यटन उद्योग चौपट भए, यसै कारण लगानीको वातावरण नभएको हुादा बेकसँग भएको अत्याधिक तरलता राष्ट्र बैंकले करिब २५० अर्ब पश्चोशसन गरी सकेको छ । यसका बावजुद पनि वाणिज्य बैंकहरुमा ५० अर्ब तरलता थपिएको अवस्था छ । लगानीमैत्री वातावरण सृर्जना गर्न सकेमा बैकिङ्ग क्षेत्रमा रहेको तरलतालाई र सरकारी ढुकुटीमा ऋण भएको करिब रु. ६० अर्बलाई प्रयोग गरी हामी तुरुन्तै आन्तरिक स्रोतबाट ३६० अर्ब लगानी विस्तार गर्न सक्छौँ ।

हामीसँग वित्तिय स्रोत बढ्दै गएको, नेप्सेका वजारपूँजीकरण, जनशक्क्ती, बजार, प्रविधि र केही सहज नीतिहरु पनि छन तर लगानीमैत्री वातावरणको अभाव छ । सरकारले लगानीमैत्री वातावरण सृर्जन गर्ने, नीतिगत स्थिरता, Good Governance, Policy Reform गर्न अबिलम्ब पहल गर्नु पर्दछ । वैदेशिक व्यापार घाटा कम गर्नको लागि सरकारले वस्तुसँग सेवा क्षेत्रको निर्यात गर्ने, निर्यातमुखी उद्योगमा FIST भित्र्याउने NRN MOVEMENT लाई आयात प्रतिस्थापन क्षेत्रमा आर्कषित गर्ने, निर्यातको Incentive बढाउने, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने, आर्थतन्त्रको Disposable Income  नियन्त्रण गरी Capital Formation मा जोड दिने उद्योगीकरणका लागि Tax Holiday जस्ता कार्यक्रम लागु गर्न आवश्यक देखिन्छ ।

नेपाल युवाहरुको बाहुल्यता भएको देश हो । कुल जनसंख्याको ५३ प्रतिशत जनसंख्या १६ देखि ५५ वर्ष उमेर समुहमा पर्दछन । हरेक वर्ष करिब ५ लाख वेरोजगार श्रम शक्ति वजारमा प्रवेश गर्दछन । देश औद्योगिक कारणतर्फ उन्मुख नभएका कारण युवाशक्ति रोजगारीको खोजीमा विदेशिँदै छन् । आफ्नो देश भित्र रोजगारी सृजना गर्न, नेपाली जनतामा उद्यमशिलता प्रवद्र्धन गर्नका लागि स्वदेशी र विदेशी लगानी आकर्षण गर्न कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।

अब राजनैतिक पाटीहरुले राजनितिक म्याच फिक्सिङ छाडेर अस्त व्यस्त मुलुकलाई नयाँ दिशा दिँदै विकासको गति दिन जरुरी छ । साथै दुबै छिमेकी मुलुकसंगको समझदारी र सहकार्यबाट नेपालको आर्थिक विकासको गतिलाई तिब्र बनाउने, भारतीय र चिनियाँ लगानी र प्रविधि भित्र्याउने, भारतिय बजारसंगको सहजताको कारण आर्थिक विकासको लागि निकै महत्वपूर्ण हुन सक्छ ।

हाम्रो नजदिकको मित्रसँग रहेको क्षमतालाई जलस्रोत र पूर्वाधार विकासमा उपयोग गर्न सक्नुपर्दछ । हाल अमेरिकाद्वारा नेपाललाई दिएको Duty Free सूविधाको भरपुर उपयोग गरी संकटग्रस्त अर्थतन्त्रलाई सुधार ल्याउन निकै प्रभावकारी हुने देखिन्छ ।

यस उद्योगको पर्वद्धनका लागि सरकारले उचित वातावरण तया गर्न आवश्यक छ । सरकारले आन्तरिक श्रोतको वडी वडी पारचालन गरी, पूर्वाधार निर्माण, कृषिको यान्त्रिकरण आधूनिक कृषि, HIGH VALUE CROP PROCESSING UNIT,जलस्रोतमा लगानी र उत्पादनशिल क्षेत्रमा Focus गरी Planning Commission सँगको सहकार्य र आउँदो आ.व.को बजेट प्रभावकारी बनाउँदै निति तथा कार्यक्रमलाई दृढ संकल्पका साथ लागू गर्ने वचन सहित देशलाई समृद्ध तर्फ लैजान आग्रह गर्दै निजि क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको कुरा अवगत गराउन चाहन्छु ।

-अविनास बिहोराम , सल्लाहकार, मोरंग व्यापार संग 

Advertise Expired !

सम्बन्धित समाचारहरु

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

वीरगञ्ज। पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग[...]

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली
वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

पाल्पा । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी[...]

मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल
मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल

पुरुषलाई मदिरा  नखाउ भनेर सिकाउन कुनै संस्था आउदैनन् ? जति संस्था आए पनि हामी महिलालाई मात्र सिकाउने ? पुरुषले जे गर्दा पनि हुने ? आफूहरू जतिसुकै परिवर्तन भए पनि पुरुषहरु[...]