Sorry, your browser does not support JavaScript! यसरी जुर्मुराएको थियो जनआन्दोलनमा विराटनगरको नागरिक समाज - Merodesh.news

यसरी जुर्मुराएको थियो जनआन्दोलनमा विराटनगरको नागरिक समाज

विराटनगरराजनैतिक चेतनासँगै अधिकारलाई मुख्य केन्द् बिन्दु बनाएर विराटनगरमा मजदुर आन्दोलन भएसँगै नागरिक आन्दोलन अगाडी बढेको पाईन्छ । नागरिक आन्दोलन समय समयमा मात्र हुनेगर्दछ । अर्थात कुनै उद्देश्य परिपुर्ति भएपछि यो आफै सेलाएर वा चुप लागेर बस्दछ । नागरिक समाज स्थायि संयन्त्र नभएकोले यसको बिकास र बिस्तार कहिलेकाँही चर्चा परिचर्चा हुनेगर्दछ ।

विराटनगरको नागरिक आन्दोलनको अन्य पाटोलाई हेर्दा शशस्त्र द्धन्द्धकालमा शान्तिकालागि खेलेको भुमिका पनि सह्रानिय रहेको पाईन्छ । यहाँका अधिकारकर्मी र पेशागत संघसँस्थाहरुले देशमा शसस्त्र द्धन्द्ध अन्तगरि युद्धरत पार्टीलाई शान्ति प्रकृयामा ल्याउन निक्कै सकृय भुमिका खेलका छन । धेरै दवावमुलक कार्यक्रमहरु आयोजना भएका छन। यसैगरि विराटनगरको नागरिक अभियन्ताहरुले समाजिक बेथितिहरुमा पनि सक्रृय रुपले खवरदाबी गरेको पाईन्छ ।

बिसं २०४६ सालको जनआन्ँदोलनमा समेत बिराटनगरका नागगरिक समाजले उल्लेखनिय भुमिका खेलेको हामी पढन पाउँछौ । तर यहाँ दोस्रो जनआन्दोलनको बेलामा विराटनगरमा जुर्मुराएको नागरिक समाजको आन्दोललाई बिशेष चर्चा गरिएको छ ।

यसरी जुर्मुरायो विराटनगरमा नागरिक समाज

१८ असोज २०५९ मा तात्कालिन राजालो देउवा मन्त्रिमण्डललाई वरखास्त गरेपछि विराटनगरका पेशाकर्मीहरुले नागरिक समाजको व्यानरबाट राजाको कदमको बिरोध गर्दै शहिद मैदानको पश्चिमतर्फ तथा आर्दश बिद्यालयको बाहिरी घेरामा रिले अनसन बस्ने काम भएको थियो ।

राजनैतिक दलको आन्दोलन पश्चात देउवा सरकारको पुर्नगठन गर्न राजा बाध्य भएका थिए पुन १९ माघ २०६१ मा देउवा सरकार बिघटना गरि प्रत्यक्ष शासन चलाउने राजाको कदम बिरुद्ध राजनैतिक दलहरु भित्र उकुसमुकुस भएपनि आन्दोनलगर्न जनआन्दोलन बनाउन सकिहरेका थिएनन । उनिहरु प्रयासरत मात्र थिए । उक्त्त समय राजनेतिक दलको भन्दा पेशाकर्मीहरुको कुरा जनताले सुन्दथे । राजाको कदमको बारेमा राजालाई दोष दिइरहैकै थिए राजनैतिक दलहरु । र राजनेतिक दलका नेताहरुलाई पनि नागरिकहरुले उत्तकै दोषी मानिहरेका थिए ।

यसै सन्र्दभमा आन्दोलनलाई शसक्त्त पार्ने जनताबिच गएर राजाको कदमको बिरोध गर्न काम भयो । बिराटनगरमा राजनैतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस बौद्धिक पेशाकर्मीहरु बिच सहमती भयो । बुद्धिजिबी रमेशचन्द्र पौडेल, कानुन व्यवसायी बिरबहादुर थापा, रामप्रसाद सिटौला , प्रमोद बैध, देबीबहादुर घिमिरे, सुरेशला श्रेष्ठ, जगत थापा, लगायतले शान्ति र पुर्ण प्रजातन्त्रकालागि सहकार्य समुह नामक लुज फोरम गठन गरि भयो ।

त्यो फोरमले विराटनगरमा भएका सबै पेशा र अधिकारकर्मीहरुलाई समेटेर गोलबद्ध बनाई आन्दोलनलाई अगाडी बढाउने निधो गरयो । त्यो बेला म जगत थापा नै नेपालबार एसोसिएसन मोरङको अध्यक्ष थिएँ र मेरै नेतृत्वमा आन्दोलनकालागि संयोजनको जिम्मेबारी आयो । शिक्षक युनियनका डिल्लि पोखरेल सचिवका रुपमा तोकिए ।
हामीले विराटनगरमा भएका एक सय वटा संघसँस्थालाई गोलबद्धगरि आन्दोलन अगाडी बढाएका थियौ । जुलुस, धर्ना, अन्र्तक्रिया, अन्तरबार्ता हाम्रो आन्दोलनको प्रकार हुन्थ्यो । हामी निरन्तर पुर्ब राजा ज्ञानेन्द्रको निरंकुश कदम बिरुद्ध निरन्तर लागिरह्रौ । हाम्रो उद्देश्य नै शान्ति र लोकतन्त्रकालागि जनतालाई गोलबद्ध गर्नु थियो ।
यसै सन्र्दभमा काठमाण्डौको नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघ, नेपाल प्रध्यापक संघ, नेपाल मेडिकल एसोसिएनसन, नेपाल ईन्जिनियर एसोसिएसन, र नेपाल शिक्षक युनियनको पहलमा प्राफेससनल एलायन्स फोर पिस एण्ड डेमोक्रेसी (पापड) गठन भयो ।

त्यसको उद्देश्य पेशाकर्मीहरुलाई देशव्यापी रुपमा परिचालन गर्ने भन्ने थियो । पापड बिराटनगरमा पनि बिस्तार भयो । पहिले शिक्षक युनियन मोरङले पापडको नेतृत्व लिएको थियो पछि मोरङबारले २०६२ चैतमा नेतृत्व पायो । र आन्दोलन अगाडी बढयो । त्यो समय नागकिर समाजको तर्फबाट शसक्त्त आन्दोलन विराटनगरमै भएको हो । जतिबेला राजनैतिक दलको व्यानरमा मानिशहरु आन्दोलनमा आउन चाहिरहेका थिएनन, त्यो बेला विराटनगरमा नागरिक समाजको आन्दोलनमा व्यापक सहभागीता जुटन थालेको थियो ।

२४ चैत २०६२ मा राजनैतिक दलहरुले दोस्रो जनआन्दोलन घोषणा गरेपछि पनि विराटनगरमा नागरिक समाजको नामबाट सशक्त्त र पृथक प्रकारका आन्दोलनहरु हुनथाले । नागरिक समाजको तर्फबाट हामी दिनहुँ रुटिंग अनुसार सडकमा होमिन थाल्यौ ।

कानुन व्यवसायीहरुले सडकमा राजालाई फाँसीको निर्णय सुनाए

विराटनगरमा भएको रोचक तथा शसक्त्त कार्यक्रम मध्ये ४ बैसाख २०६३ मा कानुनी व्यवसायीहरुले सडकमा संचालन गरेको ईजलास निक्कै चर्चित छ । त्यो बेला नागरिक समाजको तर्फबाट हामी कानुन व्यवसायीहरुले सडक अदालत गठन गरेर पुर्व राजा ज्ञानेन्द्रको निरंकुश कदम बिरुद्ध सडकमै ईजलास संचालन गरि बहस गरेका थियौ ।

हामीले जनताको अधिकार खोस्ने निरंकुश राजालाई मृत्यू दण्डको सजाय माग गर्दै बहस गरेका थियौ । उक्त्त बसहलाई देशभरका संचारमाध्यमले प्रमुख समाचार बनाएका थिए । जसले देशैभरको नागरिक आन्दोलनमा उर्जा थपेको थियो । यो नागरिक आन्दोलनको प्रभाव भारतको बिहारमा समेत परेको थियो । उक्त्त बसहपछि त आन्दोलनमा आउने मानिशहरु बिराटनगरमा थामिनसक्नु भयो ।

जनआन्दोलनले उचाई लिँदै गयो । त्यसपछि आत्तिएको राज्यले हामी आन्दोलनलाई दवाउने निर्णय गरयो । साथीहरु पक्राउ परे । हामीलाई धमक्याउने काम भयो । तर हामी डगेनौ । बरु उल्टै सिडओ कार्यालय अगाडी गएर धर्नामा बस्यौ । अन्तत ११ बैसाखमा १९ दिने आन्दोलनले एउटा आधार प्राप्त गरयो । उक्त्त आन्दोलनपछि त्यो नागरिक समाजपनि बिलाएर गयो ।

उक्त्त सडक बसमा पुर्व प्रधानन्यायधिश शुसिला कार्कीले पनि बहस गर्नुभएको थियो । उहाँ त्यो बेला अधिबक्त्ता हुनुहुन्थ्यो । उक्त्त बहसमा अधिबक्त्ताहरु रामप्रसाद सिटौला , हेमराज पन्त, भरत थापा, जगत थापा, देवी घिमिरे लगायतले निरंकुश कदमको बिरुद्ध लोकतन्त्र माग्दै बह गरेका थिए । स्वर्गीय बीर बहादुर थापाले सडक अदालतको न्यायधिशको भुमिका निर्बाह गर्नुभएको थियो । उहाँले सबैको बहस सुनिसकेपछि तात्कालिन राजा ज्ञानेन्द्रलाई बर्खास्त गरि जेलमा थुन्न आदेश दिनुभएको थियो ।

नागरिक आन्दोलनकालागि दृद्ध सर्मथन आवश्यक

यहाँ उल्लेख गर्न खोजिएको कुरा के हो भने नागरिक आन्दोलन निरन्तर आवश्यक भएपनि स्थायि रुपले पुर्ति नहुने रहेछ । फेरि नागरिक आन्दोलन भनेको एउटा पार्टीको कुरा मात्र होइन रहेछ । यो त सँस्थाले सामुहिक रुपमा निर्माण गर्ने नेतृत्व रहेछ । सँस्थाबाट नेतृत्व परिबर्तन भएपछि सँस्थाको नेतृत्वले नै गर्ने हुँदा आज पनि मुलुकलाई नागरिक समाजको आन्दोलन आवश्यक छ । यसैले नागरिक समाज भनेर चिनिएका सँसथामा नेतृत्व गर्नेहरुले जिम्मेबारी, खवरदारी, समझदारी, हिस्सेदारीलाई ख्याल गर्न आवश्यक हुन्छ ।

नागरिक आन्दोलन अगाडी बढाउन दृढ सर्मथन पनि चाहिन्छ । नागिरक समाजको आन्दोलनलाई संगठित गर्न र निरन्तरता दिन निक्कै कठिनाई पनि हुँदारहेछ । नेपालका नागकिर आन्दोलनका अगुवा अभियन्ताहरु कहिलेकाँही भेटिन्छन तर उनिहरु देशव्यापी आवतजावत गर्न अन्य संघसँस्थाको भरपर्नुपपर्दछ । उनिहरु आफै अभियन्ता बनेर आउनजान सकेको पाईदैन ।

लेखक – नेपाल बार एसोसिएन मोरंगका पुर्व अध्यक्ष तथा अधिबक्त्ता हुन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

वीरगञ्ज। पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग[...]

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली
वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

पाल्पा । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी[...]

मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल
मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल

पुरुषलाई मदिरा  नखाउ भनेर सिकाउन कुनै संस्था आउदैनन् ? जति संस्था आए पनि हामी महिलालाई मात्र सिकाउने ? पुरुषले जे गर्दा पनि हुने ? आफूहरू जतिसुकै परिवर्तन भए पनि पुरुषहरु[...]