Sorry, your browser does not support JavaScript! सबै क्षेत्रका मजदुरले न्यूनतम पारिश्रमिक पाउछन् : मन्त्री बिष्ट - Merodesh.news

सबै क्षेत्रका मजदुरले न्यूनतम पारिश्रमिक पाउछन् : मन्त्री बिष्ट

विराटनगर, १५ साउन।   श्रम मन्त्री गोकर्ण बिष्टले सरकारले लागु गरेको न्यूनतम पारिश्रमि कार्यन्यन हुने बताएका छन् । सरकार रोजगारदाता र ट्रेडयुनियनको सहमतीमा लागु भएको न्यूनतम पारिश्रमिक लागु हुने बताएका हुन् । सरकारले मजदुरहरुको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० तोकेको छ ।

मन्त्री बिष्ट

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ सहित अन्य व्यावसायीक प्रतिष्ठानले न्यूनतज्याला दिन नसक्ने बताइरहेका बेला मंगलवार विराटनगर आएका मन्त्री बिष्टले सबै क्षेत्रमा कार्यरत मजदुहरुकालागि न्यूनतम पारिश्रमिक लागु बताएका हुन् । ‘सरकारले निर्णय गरेको निर्णय कार्यन्यन हुन्छ ।’ उनले भने ‘दोहो¥याएर भन्छु सबैमा लागुहुन्छ ।’

संयुक्त ट्रेड युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री बिष्टले न्यूनतम पारिश्रमिक कार्यन्यन हुने बिषयमा संका नगर्न आग्रह गरे । कार्यक्रममा मजदुरहरुले न्यून ज्यालामा काम गर्न बाध्य भएको गुनासो गरेपछि मन्त्री बिष्टले भने ‘ हामीले सबैले बैंक मार्फत तलब भुक्तानी गर्नुपर्छ भनेर निर्णय गरेका छौ ।’ बैंक मार्फत भुक्तानी गर्नुपर्ने भएका कारण न्यूनतम पारिश्रमिक प्राप्त हुने उनको भनाई छ ।

सरकारले नेपालको इतिहासमा नै पहिलो पटक मजदुरहरुकालागि ३९ प्रतिशत तलब बृद्धि गरेको मन्त्री बिष्टको दाबि छ । ‘बैदेशिक रोजगारीमा जानेले सरदर २० हजार मासिक कमाउछन् ।’ उनले भने ‘ नेपालमा सामाजिक सुरक्षा र अन्य सुविधा सहित न्यूनतम १६ हजार हाराहारी तलब पाउने व्यावस्था भएको छ ।’ उनले मजदुरहरुकालागि सहज रुपमा दुई छाक खान पाउने व्यावस्थाकालागि न्यूनतम बेतन वृद्धि गरिएको दाबि गरे ।

कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले समृद्धिको यात्रामा मजदुरहरुको ठूलो योगदान रहेको बताएका थिए । न्यूनतम पारिश्रमिक वृद्धि भएको उल्लेख गर्दै उनले आफू कार्यरत प्रतिष्ठानको उत्पादन वृद्धि दाहित्वपनि थपिएको बताएका थिए । श्रम कार्यालयका सचिव महेशप्रसाद दाहालले न्यूनतम बेतन सम्बन्धी निर्माण भएको श्रम ऐन राजपत्रमा प्रकाशित गर्ने प्रकृया सुरु भएको बताए ।

जिफन्ट प्रदेश १ अध्यक्ष किसोर धमलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल मजदुर प्रतिनिधि लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]