Sorry, your browser does not support JavaScript! ६० घण्टा पर्खिएर प्रहरीले निकाल्यो दिसाबाट सिक्री - Merodesh.news

६० घण्टा पर्खिएर प्रहरीले निकाल्यो दिसाबाट सिक्री

विराटनगर, १४ साउन।   सुनको सिक्री निलेका एक युवाले करिब ६० घण्टा पछि सिक्री दिसा गरेका छन् । सुन किन्ने बहानामा राठी ज्वलरी हाउसबाट सुनको सिक्री निकेलका इटहरी २ का सुरजकुमार नेपालले करिब ६० घण्टा पछि आइतवार बिहान सिक्री दिसा गरेका हुन् ।

चोरी

चोरी गर्ने उदेश्यले सुन निलेको थाहा पाएपछि मोरङ प्रहरीले नेपाललाई शुक्रवार साझ पक्राउ गरेको थियो । पक्राउ लगतै प्रहरीले कोशी अञ्चल अस्पतालमा भर्ना गरेको थियो । नेपाललाई हेर्न मोरङ प्रहरीबाट खटिएको ३–४ जना प्रहरीको टोली करिब ६० घण्टा भन्दाबढीसमय देखि दिसा पर्खेर बसिरहेको थियो ।

अञ्चल अस्पतालका इमरजेन्सी इञ्चार्ज रघुनन्दन अधिकारीका अनुसार नेपालले बिहान ८ बजे सुनको सिक्री दिसा गरेका हुन् । प्रहरी टोली आलोपालो गरी शुक्रवार सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी २ का सुरजकुमार नेपालको दिसा पर्खेर बसेको थियो ।

सुन निलेपछि प्रहरीले नेपाललाई कोशी अञ्चल अस्पतालमा भर्ना गरेपछि अस्पतालले उनलाई अब्जरभेसन वार्डमा राखेको थियो । सुन दिसा गरेपछि उनलाई आइतवार बिहान डिस्चार्ज गरिएको अधिकारीले जानकारी दिए ।

३१ बर्षिय नेपालले विराटनगर ९ स्थीत राठी ज्वेलरी हासबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाएका थिए । नक्कली सुन बुझाएको भन्दै बिबाद बढेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

लगतै पुगेको प्रहरीले खानतलासी गर्दा नेपालको साथमा सिक्री नभेटेपछि निलेको आशंकामा अस्पताल पू¥याएर एक्सरे गराएको थियो । एक्सरे गराउदा नेपालको पेटमा सिक्री रहेको पत्ता लागेपछि अस्पताल भर्ना गरिएको थियो । सुन चोरी गरेको पुस्टी भएपछि नेपाललाई चोरी मुद्धा चलाउने प्रहरीले जानकारी दिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]