Sorry, your browser does not support JavaScript! विराटनगरको ‘बी प्लट’मा शनिबार पसल सञ्चालन गर्न पाउनुपर्ने ब्यापारीको माग - Merodesh.news

विराटनगरको ‘बी प्लट’मा शनिबार पसल सञ्चालन गर्न पाउनुपर्ने ब्यापारीको माग

विराटनगर, १३ साउन।  विराटनगरस्थित गुद्रीको बी प्लटमा शनिबारका दिन खुद्रा पसल सञ्चालन गर्दै आएका ब्यापारीले निरन्तर पसल सञ्चालनगर्न पाउनुपर्ने माग गरेका छन ।

पसल सञ्चालन

बजार अब्यवस्थित भएको र सो ठांउ पार्किङकालागि छुट्टयाइएको भन्दै महानगरपालिकाले साउन ५ गतेयता सो ठांउमा पसल थाप्न रोक लगाएको छ । पसल सञ्चालनमा रोक लगाइएपछि संगठित भएका खुद्रा ब्यापारीले पसल थाप्न पाउनुपर्ने माग गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीलाई ज्ञापन बुझाएका छन ।

पसल सञ्चालन

नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघको अगुवाईमा पुगेको ब्यापारीहरुको टोलीले महानगर प्रमुख पराजुलीलाई ज्ञापन बुझाएको हो । बुझाइएको ज्ञापनमा समयतालिका निर्धारण गरेर ब्यवस्थितरुपमा पसल सञ्चालन गर्न दिइनुपर्ने माग गरिएको छ । सो बिषयमा जानकारी दिनुहुंदै ब्यापारी सैफ अलि खानले शनिबार बिदाकोदिन पारेर एकदिन मात्र सस्तो खुद्रा पसल सञ्चालन गर्दै आएकोमा रोक लगाइएपछि ८० जना ब्यापारी समस्यामा परेको बताए ।

पसल सञ्चालन

उनले पसल थाप्न रोक लगाइएका कारण ब्यापारीको रोजीरोटी गुम्नुका साथै सस्तो मुल्यमा सामान किन्नबाट उपभोक्ता समेत बञ्चित हुनुपरेको दाबी गरे । महानगरपालिकाका प्रमुख पराजुलीले गुद्रीको सो क्षेत्रलाई पार्किङकोरुपमा निर्धारण गरिएकाले पसल संचालनमा रोक लगाइएको बताए । उनले खुला ठांउमा पसल थाप्दा बजारको शोभा समेत बिग्रिने भएकाले अन्य विकल्प खोजे महानगरपालिका सहयोग गर्न तयार रहेको बताएका थिए ।

सो ठांउमा ब्यवस्थित पार्किङ निर्माणगर्न महानगरले बजेट समेत छुट्टयाइसकेको उनको भनाई थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]