Sorry, your browser does not support JavaScript! बडी बिल्डींङको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न - Merodesh.news

बडी बिल्डींङको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

विराटनगर, १२ साउन। विराटनगरमा आयोजित शारिरीक सुगठन प्रशिक्षककालागि प्रशिक्षण तालिम आजबाट समाप्त भएको छ ।

बडी बिल्डींङ

७ दिने प्रशिक्षण समापनको अवसरमा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे, राष्ट्रीय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाट र मोरङ बढी बिल्डींग संघका अध्यक्ष अमलेश कर्णले प्रशिक्षणका सहभागिलाई प्रमाणपत्र वितरण गरे ।

बडी बिल्डींङ

मोरङ बडी बिल्डींग संघ र नेप्लीज फेडरेसन अफ बडी बिल्डींग एण्ड फिटनेशको आयोजनामा सञ्चालन गरिएको प्रशिक्षणमा प्रदेश एकका ३३ जना र प्रदेश २ का १ जना समेत गरेर ३४ जना सहभागि भएका थिए । तालिममा सहभागि नया तथा पुराना कोचलाई बडी बिल्डींग एण्ड फिटनेश,स्पोर्टस साइन्स,मेडिसिन र न्युट्रिसन लगायतका बिषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

सो अवसरमा बोल्दै सामाजिक विकासमन्त्री घिमिरेले स्वस्थ जीवनकालागि खेलकुदको जुनसुकै विधामा भएपनि सहभागिता आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले २०७५ साललाई स्वास्थ्य प्रर्बद्धन बर्षको रुपमा लिएको बताउँदै सोहि अनुरुपको निति तथा कार्यक्रमहरु ल्याउन लागिएको बताए ।

बडी बिल्डींङ

मोरङ बडी बिल्डींग संघका अध्यक्ष कर्णले बिगत ६ बर्षयता शारीरीक सुगठन प्रतियोगिता गर्न नसकिएको जानकारी दिनुहुंदै मिस्टर विराटनगर र मिस्टर स्टेट प्रतियोगिताको तयारीमा संघ जुटेको जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]