Sorry, your browser does not support JavaScript! गुरु पुर्णिमाको अवसरमा शिक्षकलाई सम्मान - Merodesh.news

गुरु पुर्णिमाको अवसरमा शिक्षकलाई सम्मान

विराटनगर, ११ साउन। विराटनगरस्थित मिल्स माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुले आफुलाई अध्यापन गराउने शिक्षकहरुको सम्मान मा कार्यक्रम आयोजना गरेका छन ।

शिक्षकलाई सम्मान

विराटनगर–१६ स्थित स्कुल परिसरमा कार्यक्रमको आयोजनागर्दै पुर्व विद्यार्थीहरुले ७ जना शिक्षकहरुलाई सम्मान गरेका हुन । सो स्कुलबाट २०३८ सालमा एसएलसी पास गरेका विद्यार्थीहरुले गुरु पुर्णिमाको अवसर पारेर आफुलाई अध्यापन गराउने शिक्षकहरुलाई फुलमाला,दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन ।

शिक्षकलाई सम्मान

कार्यक्रममा उक्त स्कुलका पुर्व शिक्षकहरु सुर्यनारायण यादव, देवीप्रसाद दाहाल, सुधाकर ठाकुर, विशेश्वर साह, कौशिल्या थापा, मोहनलाल ठाकुर र सम्पुर्णानन्द दासलाई सम्मान गरिएको थियो । वडानम्बर १६ का वडाध्यक्ष मनोज सुब्बा र स्कुलका प्रधानाध्यापक कृष्णमोहन श्रेष्ठले उनिहरुलाई सम्मान अर्पण गरे । यसैबीच सोहि स्कुलबाट २०४२ सालमा एसएलसी पास गरेका विद्यार्थीहरुले समेत आफ्ना पुर्व शिक्षकलाई फुलमाला सहित उपहार प्रदानगर्दै आर्शिबाद थापेका छन ।

शिक्षकलाई सम्मान

ब्यक्तिको जीवनमा गुरुको स्थान उच्च रहेकाले गुरु पुर्णिमाको अवसर पारेर कार्यक्रम गरिएको एसएलसी २०४२ ब्याचका सभापति प्रहलाद बस्नेतले जानकारी दिए । कार्यक्रममा सो विद्यालयका पुर्व विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]