Sorry, your browser does not support JavaScript! अध्यन पर्यटनको केन्द्र मदन भण्डारी संग्राहलय - Merodesh.news

अध्यन पर्यटनको केन्द्र मदन भण्डारी संग्राहलय

विराटनगर, ११ साउन । मोरंगको उर्लाबारी नगरपालिका ३ मंगलबारेमा स्थापना भएको मदन भण्डारी संग्राहलय अध्यन पर्यटनकालागि मानिशहरुको आर्कषण बन्न थालेको छ ।

मदन भण्डारी

तत्कालिन नेकपा (एमाले) का महासचिव स्वर्गीय मदन भण्डारीको योगदानलाई स्मरण गराउन स्थापना भएको मदन भण्डारी संग्राहलय हेर्न र बुझनकालािग मानिशहरुको आर्कषण बढन थालेको हो ।

मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीले पुरातात्विक बिभागको सहयोगमा ३ करोड लागतमा १० बर्ष समय लगाएर तैयार गरेको उक्त्त संग्राहलयको १६ चैत २०७४ मा स्वर्गीय मदन भण्डारीका धर्मपत्नी तथा राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन ।

संग्रहालयमा स्वर्गीय नेता भण्डारीको जन्मदेखी मृत्युसम्मका सामग्रीहरु संकलन गरेर राखिएकोले खोज अनुसन्धान गर्नेहरुकालागि महत्वपुर्ण स्थल भएकोले मानिशहरुको दिनप्रतिदिन आर्कषण बढदै गएको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीका अध्यक्ष गुरुप्रसाद बराल बताउँछन् ।

उनका अनुसार संग्राहलयको अवलोकन र अध्यन गर्न बिद्यार्थी, पत्रकार, प्राध्यापकदेखी राजनितिज्ञहरु पुग्ने गरेका छन । अध्यक्ष बराल भन्छन, “स्वर्गीय नेता मदनलाई बुझन चाहनेहरुकालागि संग्राहलय एउटा अध्यन केन्द्र पनि हो ।”

मदन भण्डारी संग्रहाल स्थापना भएपछि सांसद, मन्त्रीदेखी सर्वसाधारणहरु सयौको सख्यामा संग्राहलय हेर्ने पुगिसकेको मदन भण्डारी स्मृति प्रतिष्ठानका लेखा तथा प्रशासन अधिकृत गणेश घिमिरे बताउँछन । हाल उक्त्त संग्रहालय दैनिक ५० जना जतिले अवलोकन गर्ने गरेका छन । प्रतिष्ठान परिसरमा संग्राहलयलाई आर्कषक बनाउन चिल्डे«न र बिज्ञान पार्क पनि धमाधम निर्माण भैरहेको छ ।

संग्राहलयमा ढुंगे साँधुको घरदेखी दासढुंगाको जीप सम्म

संग्राहलयमा मदन भण्डारीका दुर्लभ सामाग्री उनसँग जोडिएका दस्तावेजहरु संकलन गरेर राखिएका छन ।
दश वर्षअघि “मदन भण्डारी स्मृति कक्ष” बाट निर्माण सुरु गरिएको संग्रहालयको तीन तले भवन भुकम्प प्रतिरोधात्मक छ । १६ कक्ष रहेको संग्रहालयको प्रबेशद्धारमा भण्डारीको पुर्ण कदको प्रतिमा निर्माण गरिएको छ ।

मदन भण्डारी

संग्राहलय भित्र मदन जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँदेखी चितवनको दासढुंगामा दुर्घटनामा परेको जीप, मोंरंग ईटहरामा भएको घरको प्रकृतिरुप भण्डारीले चढेको साइकलदेखी शोकेस भित्र जननेता भण्डारीको नीजि प्रयोगका घडी, टोपी, पेटि, चप्पल, लुंगी, ज्याकेट, मोजा, जुत्ता, रेडियो, भाडावर्तन, औजार, चस्मा, डायरी, कलम, बुबाआमालाई लेखेको चिठ्ठी आदि संग्रह गरेर राखिएको छ ।

संग्रहालयमा भण्डारीको काठमाण्डौं नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति पनि बनाईएको छ । संग्रहालयमा दुर्घटना सम्बन्धी पोखराको सभागृहको तस्विर, दास ढुंगाको गाडी गुड्ने सडक, गाडीको चित्राङ्कन, सडकदेखि त्रिशुली नदीसम्मको भिरालोमा गाडी दुर्घटना भएको ठाउँको तस्विर, त्रिशुलीको भेलमाथि हेलिकप्टर सहितको टोलीले भण्डारीलाई खोजिरहेको ,दुर्घटना ग्रस्त गाडी त्रिशुलीवाट क्रेनको साहाराले निकाल्दै नेता जिवराज आश्रितको शवको अवस्था, चितवनको गाँजीपुरस्थित त्रिशुलीको बगरमा भेटिएको भण्डारीको शव, रेडियो नेपाल र नेपाल टेलिभिजनले घटनाबारे प्रसारण गरेको समाचारको अंश देखी दशरंथ रंगशालाको श्रदाञ्जली सभादेखी आर्यघाटसम्मको शवयात्राका तस्विरहरु प्रर्दशन गरेर राखिएको छ ।

मदन भण्डारी

संग्रहालयमा सिराहा जिल्लाकोे विष्णुपुरकट्टीमा २०४६ भदौ ९ – १४ मा नेकपा (माले) द्धारा आयोजित ने.क.पा. को चौंथो राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विवरणहरु हेर्न पाईन्छ ।

दश मिनेटको श्रव्य दृश्य पनि हेर्न पाइन्छ

संग्राहलय अवलोन गर्नेहरुले पश्चिम पट्टिको भित्तामा स्वर्गीय भण्डारीको व्यक्तित्व झल्काउने दश मिनेटको भिडियो पनि हेर्न पाउँछन । भिडियोको दृश्यमा स्वर्गीय भण्डारी पहिलो पटक ७ सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनितिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएकोदेखी २०१७ सालको फौजी काण्ड, पुर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाँईको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह र त्यसपछि उत्पन्न भएको आन्दोलन अनि भण्डारीले नेतृत्व गरेको सघर्ष समावेश छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]