Sorry, your browser does not support JavaScript! राजस्व असुली बृद्धि गरेकोमा बिभागले दियो विराटनगर भन्सारलाई बधाई - Merodesh.news

राजस्व असुली बृद्धि गरेकोमा बिभागले दियो विराटनगर भन्सारलाई बधाई

विराटनगर, १० साउन । चुनौतीको सामना गर्दै लक्ष्य अनुसारको राजस्व असुली गर्न सफल भएको भन्दै बिभागले विराटनगर भन्सारलाई बधाई दिएको छ ।

आवागमनमा अवरोध भएपनि विराटनगर भन्सारले आफनो राजस्व असुल प्रगतीमा बृद्धि गर्न सपल भएको भन्दै बिभागका महानिर्देशक तोयम रायाले विराटनगर भन्सारका कर्मचारीहरु, आयतनिर्यातकर्ता र एजेन्टहरुलाई बधाई दिएका हुन ।

उनले ४ साउनमा विराटनगर भन्सारलाई पत्र पठाएर चुनौतीको सामना गर्दै राजस्व असुली गर्ने सहयोग महत्वपुर्ण रहेको र आगामी दिनमा पनि सक्रृय सहयोगको आपेक्षा कर्मचारी , एजेन्ट, आयात निर्यातकर्तासँग लिएका छन ।
कलकत्ता बन्दरगाहासँग नजिक भएको विराटनगर भन्सार मार्गमा बिहार राज्यको अररिया जिल्लाको बथनाहामा मीरगन्ज पुल गतबर्षको साउनमा बाढीले भत्काएर क्षतिपुरयाएकोले लामो समय आवागमन बन्द भएको थियो । जसले गर्दा भन्साको राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेको थियो ।

अझै पनि मीरगन्जको पुल पुर्ण अवस्थामा संचालन नभैसकेकोले मालबाहक सवारीहरु भन्टाबारी नाकाबाट रिरुट गराएर ल्याउनुपर्ने बाध्यता कायमै छ ।

विराटनगर, मेची र नेपालगन्ज भन्सारको प्रगति राम्रो

भारसँग सिमाना जोडिएका ठूला भन्सारहरु बिरगन्ज र भैरहवा भन्दा विराटनगर, मेची र नेपालगन्ज भन्सारले गत बर्षको राजस्व असुलीमा राम्रो प्रगति हासिल गरेका छन । भारतसँग सिमाना जोडिएका भन्सार मध्ये सबै भन्दा बढी राजस्व असुली गर्ने बिरगन्ज र भैरहवा भन्सारले गत बर्षको राजस्व असुलीमा लक्ष्य नै टेक्न सकेनन । तर विराटनगर , मेची र नेपालगन्ज भन्सारले आफनो लक्ष्य भन्दा बढी प्रगति हासिल गर्न सफल भए ।

यद्यपी प्रगतिको हिसावले नेपालगन्ज , मेची र विराटनगर अगाडी देखिएपनि सबै भन्दा बढी राजस्व असुली गर्ने भन्सार भने बिरगन्ज र भैरहवा नै हुन ।  भन्सार बिभागको तथ्यांङक शाखाका अनुसार विराटनगरले लक्ष्य भन्दा ५ मेचीले ७ र नेपालगन्जले १७ प्रतिशत बढी राजस्व असुली गरेर प्रगती हासिल गरेका छन । तराईका ठूला भन्सारहरु बिरगन्ज र भैरहवाले गत बर्ष आफनो लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेनन ।

बिरगन्जले १ सय २८ अर्ब ३९ करोड र भैरहवाले ७१ अबै ४४ करोड राजस्व असुली गरेका थिए । गत बर्ष बिगरन्ज भन्सारको असुली ल्क्ष्य १ सय ३४ अर्ब ३९ करोड र भैरहवाको ८१ अर्ब ४३ करोड थियो । गत आर्थिक बर्षमा विराटनगर भन्सारले ३२ अर्व ८१ करोड मेचीले ९ अर्ब ८८ करोड र नेपालगन्जले ९ अर्ब बरावरको राजस्व असुली गरेका छन ।

गत बर्ष विराटनगर भन्सारको असुली लक्ष्य ३१ अर्ब २४ करोड मेचीको ९ अर्ब २१ करोड र नेपालगन्जको ८ अर्ब ३७ करोड थियो । राजस्व असुलीको हिसावले बिरगन्ज र भैरहवा भन्सारको राजस्व असुली रकम धेरै देखिएपनि प्रगतिको हिसाबले उनिहरु कमजोर देखिएको भन्सार बिभागका तथ्यांङक निर्देशक बिनोदशरण आर्चायले बताए । उनका अनुसार नेपालगन्ज भन्सारले १ सय १७ विराटनगरले १ सय ५ र मेची भन्सारले १ सय ७ प्रतिशत राजस्व असुलीमा प्रगति हासिल गर्न सफल भएका थिए ।

अन्य ठूला भन्सारहरु मध्ये कृष्णनगरले ६ अर्ब ३१ करोड र चीनसँग सिमाना जोडिएको रसुवाले ४ अर्ब ४५ करोड राजस्व असुली गरेको थियो । गत आर्थक बर्ष २०७६४–०७५ मा देशभरका ३१ भन्सार कार्यालयहरुबाट कुल ३ सय १६ अर्ब ६६ करोड रुपैया राजस्व असुली भएको थियो ।

उत्तरतर्फका भन्सारहरुको राजस्व असुली अझै कमजोर

भन्सार बिभाग तथ्यांङक शाखाका अनुसार पुर्व, पश्चिम र दक्षिणतिरका भन्दा उत्तरतर्फका भन्सारहरुको राजस्व असुली कमजोर रहेको छ । उत्तरतर्फको राम्रो राजस्व असुली गर्ने भन्सार रसुवा मात्र भएको छ । बिनाशकारी भुकम्पनले गर्दा बन्द भएको उत्तरतर्फको राम्रो राजस्व असुली गर्ने तातोपानी नाका अझै खुल्न नसकेकोले राजस्व असुली छेैन ।

अवात जावत शुन्य भएकोले तातोपानी भन्सारले धरौटी र लिलामीबाट कबिर २ करोड बराबर मात्र राजस्व असुली गरेको छ । तातो पानी नाका संचालनमा आउन अझै करिब ६ महिना जति लाग्नेछ । तथ्यांङका शाखाका निर्देशक बिनोदशरणका अनुसार उत्तरतर्फका कतिपय भन्सार नाकाहरुको रेडर्क समेत आइपुगेको छैन ।

उत्तरतर्फका मुख्य भन्सारहरुमा ओलाङचुङगोला, लार्के, तातोपानी, रसुवा, मुगु यारी, मुस्ताङ, केरला लगायत पर्दछन । जसमध्ये रसुवा भन्सारले मात्र ४ अर्ब ४५ करोड राजस्व असुली गरेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]