Sorry, your browser does not support JavaScript! तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता - Merodesh.news

तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता

रत्ननगर, चितवन, १० साउन। चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् ।

बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि तीनपांग्रे सवारी चालकले आन्दोलन स्थगित गरेका हुन् । साथै यसअघि महानगरपालिकाले कायम गरेको १८ वटा क्रसिङ प्वाइन्टसहितको सवारी रुटअनुसार नै सवारी सञ्चालन गर्ने सहमतिसमेत भएको भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

साथै उक्त रुटमा सवारी सञ्चालनमा कुनै समस्या भएमा सहजताका लागि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहको संयोजकत्वमा एक कार्यदल समेत गठन गरिएको छ । उक्त बैठकले बुधबार प्रहरी र सवारी चालकबीच भएको झडपको घटनाप्रति दुःख व्यक्त गर्दै गोली लागी घाइते भएका नवलपुरको गैँडाकोट–४ का ३० वर्षीय महेन्द्र सुनारको उपचार भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको समन्वय र व्यवस्थापनमा गर्ने निर्णय भएको छ ।

यसअघि महानगरको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका तीनपांग्रे सवारी चालक र प्रहरीबीच बुधबार भरतपुरमा झडप हुँदै १५ सुरक्षाकर्मीसहित १९ जना घाइते भएका थिए । आन्दोलनकारीले ना १६ प ९४०७ नंको मोटरसाइकल जलाएका छन् भने पार्किङ गरिराखेको बा १६ च १९३८ नंको कार र ना १ ज ४९७५ नंको म्याजिक भ्यानसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।

गत साउन ५ गतेको निर्णयअनुसार भरतपुर महानगरले भरतपुरको मुख्य सडकमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]