Sorry, your browser does not support JavaScript! राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता - Merodesh.news

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

काठमाडौं, ८ साउन । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रियसभा

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको शिष्टचार भेटमा नेपाल र कोरिया बीचको कूटनीतिक सम्बन्ध, व्यापार, लगानी र रोजगारीको क्षेत्रमा हुँदै आएको सहकार्यबारे चर्चा भएको थियो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताउनुभयो ।

उहाँले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दक्षिण कोरियाले नेपाललाई उच्च प्रथामिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पु-याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । ‘नेपालका सरकारी कर्मचारी तथा विद्यार्थीलाई कोरियाले छात्रवृत्तिमार्फत उच्च शिक्षाको अवसर दिएको छ,’ भेटमा उहाँले भन्नुभयो, ‘ईपीएस (ईम्लाएमेन्ट प्रमिट सिस्टम)मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको छ ।’

राष्ट्रियसभा

अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाको नेशनल एसेम्बली र नेपालको संसदबीच सुमधुर सम्बन्ध रहेको बताउँदै दुई देशको ‘संसदीय मैत्री समूह’ छिट्टै स्थापना गर्न नेपाल इच्छुक रहेको बताउनुभयो । नेपाल र कोरियाबीच सन् २००२ मा संसदीय मैत्री समूह स्थापना भएको थियो । तर, अघिल्लो व्यवस्थापिका संसदले त्यसलाई निरन्तरता दिन सकेको थिएन । त्यसैगरी अध्यक्ष तिमिल्सिनाले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)मार्फत नेपालको सडक, जलविद्युत, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

‘नेपालको विकासमा कोरियाले सहयोग गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘नेपाल अहिले तीन तहको निर्वाचन सम्पन्न गरी समृद्धि र विकासतर्फ अगाडि बढ्ने प्रयासमा रहेकोले यसमा कोरिया जस्ता मित्रराष्ट्रको साथ हुने विश्वास लिएको छु ।’ नेपालले कोरियाली प्रायदीपको शान्ति, एकता र स्थिरता हेर्न चाहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले हालै कोरिया गणतन्त्र र डीपीआर कोरियाबीच सम्पन्न अन्तर कोरियन शिखर सम्मेलनले विश्वभर शान्तिको सन्देश दिन सफल भएको बताउनुभयो ।

भेटमा कोरियाका राजदूत योङ सिकले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढ्दै गएको बताउनुभयो । नेपालमा व्यापार तथा पूर्वाधारको क्षेत्रमा काम गरिरहेका कोरियाली नागरिकले भिषा थपका लागि केही झण्झट भोग्नुपरेको जानकारी दिनुभयो ।

त्यसैगरी उहाँले कोरियामा काम गरेर फर्किएका नेपालीका लागि नेपालमै रोजगारी दिलाउन हुन सक्ने सहयोगबारे दूतावासले अध्ययन गरिरहेको बताउनुभयो । त्यसैगरी नेपाल सरकारसँग सहकार्य गरेर नेपालको विकासमा साझोदारी र सहयोग गर्न कोरिया तयार रहेको धारणा राख्नुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]