Sorry, your browser does not support JavaScript! बिरामी ठग्ने सञ्जिवनी  हस्पिटल छानविनको घेरामा - Merodesh.news

बिरामी ठग्ने सञ्जिवनी  हस्पिटल छानविनको घेरामा

विराटनगर, ८ साउन।  विराटनगरमा रहेको सञ्जिवनी  हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिले डाक्टरको काबुमा नरहेको बिरामीलाई पनि आम्दानीको लोभमा जबर्जस्ती उपचार गराउन लगाउने गरेको तथ्य खुलसा भएपछि जनस्वास्थ्य कार्यालय मोरङले अनुसन्धान सुरु गरेको छ ।

जनस्वास्थ्य निरीक्षक शंकर प्रसाद देवको नेतृत्वमा ल्याब टेक्निसियन राजु राउत र नासु रविन बरालले हस्पिटलको अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले संजिवनी हस्पिटलको आवश्यक अनुसन्धान गरि कारवाहीको प्रक्रिया अगाडी बढाउन जनस्वास्थ्यलाई पत्रकाटेपछि जनस्वास्थय निरीक्षक देवको नेतृत्वमा अनुसन्धान सुरु गरिएको जनस्वास्थ्य कार्यालय मोरङका निमिक्त प्रमुख रामनन्दन यादवले जानकारी दिए ।

जनस्वास्थ्य निरीक्षक देवका अनुसार अहिले अनुसन्धान सुरु गरेकोले अनुसन्धानपछि दोषि देखिए कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए ।

हस्पिटलका नयाँ आएका व्यवस्थापकहरुले आम्दानीको लोभमा विरामी अन्यत्र रेफर नगराई अस्पतालमै उपचार गर्न डाक्टरलाई बाध्य पार्ने रहस्य विभिन्न संचारमाध्यहरुबाट सार्वजानिक भएको थियो ।

यो घटना सार्वजानिक भए लगतै असार २६ गते पब्लिक फोरम नेपालले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने हस्पिटललाई तत्काल छानविन गरि आवश्यक कारवाही गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएका थिए ।

त्यही उजुरीको आदरमा अनुसन्धान गरि कानून बमोजिम कारबाही गर्न जनस्वास्थ्य कार्यालयलाई जिप्रका मोरङले असार २७ गते पत्र काटेको थियो । तर, जिप्रकाले पहिलो पटक पु¥याएको पत्र जनस्वास्थ्य कार्यालयबाटै हराएपछि पुनः दोस्रो पटक पत्र जिप्रका मोरङले पठाएको थियो ।

विराटनगरको अस्पतालचौकमा रहेको उक्त हस्पिटलले बिरामीलाई रेफर गरेको भन्दै मेडिकल अफिसियर डाक्टर आलोक रायलाई ५० हजार जरिमाना गरेको र जागिरबाट हटाएको अवकाश दिएको घटना सार्वजनिक भएको थियो ।

डाक्टरले उपचार गराउन नसक्ने र विपी प्रतिष्ठान धरान लानुपर्ने बताएको भएपनि जबर्जस्ती उपचार गराउन हस्पिटलले दबाब दिएको थियो । अस्पतालमा भर्ना गरिएकी रुरु माया मुगनलाई नोबेल अस्पतालले विपी प्रतिष्ठान धरान उपचारका लागि लैजान रेफर गरेको थियो । तर कमिसनको लोभमा परी एम्बुलेन्स चालकले बिरामीलाई संजीवनी हस्पिटल पु¥याएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]