Sorry, your browser does not support JavaScript! अपाङको हकहितमा भएका ऐन नियम कडाइकासाथ कार्यान्वयन गराउन माग - Merodesh.news

अपाङको हकहितमा भएका ऐन नियम कडाइकासाथ कार्यान्वयन गराउन माग

विराटनगर, ८ साउन। राष्ट्रिय अपाङ महासंघ प्रदेश एक कार्यालयले अपाङता भएका ब्यक्तिहरुको हकहितमा निर्माण गरिएका ऐन,निति,नियम र निर्देशिका कडाइकासाथ कार्यान्वयन गराउन माग गरेको छ ।

ऐन नियम

-यालीसहित मुख्यमन्त्री कार्यालय पुगेका महासंघका प्रतिनिधिले प्रदेश एकका मुख्यमन्त्रीलाई भेटी सो बिषयको मागपत्र बुझाएका छन । राष्ट्रिय अपाङ महासंघ प्रदेश एककका उपाध्यक्ष दिपकला राईले मुख्यमन्त्री शेरधन राईलाई विभिन्न २२ वटा माग समेटिएको मागपत्र बुझाए ।

मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापनमा नेपालको संबिधान २०७२,अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि अन्र्तराष्ट्रिय महासंधि २००६,अपांगता अधिकार ऐन २०७४,समावेशी शिक्षा निती २०७३,अपांगता भएका ब्यक्तिहरुकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ र सर्वोच्च अदालतको फैसलाहरु कडाइकासाथ कार्यान्वय गराउन माग गरिएको छ ।

माग पत्र वाचन गर्नुहुंदै महासंघका कार्यक्रम अधिकृत विमल बस्नेतले नेपाल सरकारले सामाजिक समावेशीकरण निती अनुसार आफ्ना गतिविधिहरुमा आपंगता सवाल समावेश गराउदै आएको सन्दर्भमा मानव निर्मित भौतिक संरचनाहरु अनि कृयाकलाप अपांगतामैत्री नहुंदा आम अपांगता भएका ब्यक्तिहरुको दैनिक जीवनयापन कष्टकर र जटिल हुन पुगेको बताए ।

मागपत्र बुझ्दै मुख्यमन्त्री राईले अपांगता भएका ब्यक्तिहरुको पक्षमा भएका नितिनियम र ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराइने बताए । महासंघले साउन २ गतेबाट शुरु गरेको अपांगताको सवालमा प्रदेशस्तरिय जनवकालत कार्यक्रम तालिका अनुसार -यालीको आयोजनागर्दै मुख्यमन्त्रीलाई ज्ञापन बुझाएको हो ।

ऐन नियम

कार्यक्रम अनुसार साउन ९ र १० गते प्रदेश मन्त्रालयहरुमा मागपत्र बुझाउने कार्यक्रम रहेको कार्यक्रम अधिकृत बस्नेतले जानकारी दिए ।महासंघले साउन २ गते पत्रकार सम्मेलनको आयोजनागरि जनवकालत कार्यक्रम शुरु गरेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]