Sorry, your browser does not support JavaScript! मेरोदेश डट न्यूजमा समाचार प्रकाशित भएपछि प्रदेश प्रमुखको साइटबाट हट्यो विवादास्पद फोटो - Merodesh.news

मेरोदेश डट न्यूजमा समाचार प्रकाशित भएपछि प्रदेश प्रमुखको साइटबाट हट्यो विवादास्पद फोटो

विराटनगर, ८ साउन। प्रदेश प्रमुखको कार्यालयले वेभसाइटमा राखेको विवादास्पद फोटो हटाएको छ ।

विवादास्पद धार्मिक अभियान्ता श्रीनिवास आचार्यसँग प्रदेश प्रमुख गोविन्दप्रसाद तुम्बाहाङले खिचेको फोटो प्रदेश प्रमुखको आधिकारीक वेभसाइटमा राखिएको थियो

विवादास्पद फोटो रहेको समाचार मेरोदेश डट न्यूजमा प्रकाशित भएपछि सोमवार प्रदेश प्रमुखको कार्यालयले फोटो हटाएको हो । प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुरागाईका अनुसार प्रदेश प्रमुखको वेभसाइटमा राखेको फोटो हटेको हो ।

वेभसाइट खोल्ने वितिकै वेभसाइटको पहिलो फोटो श्रीनिवा र प्रदेश प्रमुखको देखिन्थ्यो । तर सोमवारबाट हटेको हो । वेभसाइट निर्माणको चरणमा रहेको बताउदै उनले फोटो राखेको बारेमा आफूले पनि श्रीनिवाससँग खिचेको तस्बीर रहेको बारेमा याद नगरेको बताए ।

प्रदेश प्रमुखको कार्यालयको वेभसाइट मुख्यमन्त्रीको कार्यालय मार्फत निर्माण भएको थियो ।

साइटबाट हटाइएको फोटो :

श्रीनिवास

Advertise Expired !

सम्बन्धित समाचारहरु