Sorry, your browser does not support JavaScript! १ करोड ५ लाख धरौटीमा छुटे बोहरा दाजुभाई - Merodesh.news

१ करोड ५ लाख धरौटीमा छुटे बोहरा दाजुभाई

विराटनगर, ७ साउन । राष्ट्रिय वाणिज्य बैङ्क सुक्खा बन्दरगाह शाखा कार्याल विराटनगरको १० करोड घोटला प्रकरणमा फरार रहेका विराटनगरका ललित बोहरा र शुरेश बोहरा सुटुक्क अदालतमा हाजिर भएका छन् ।

बोहरा

६ महिनायता फरार रहेका दाजुभाई आइतवार सुटुक्क हाजिर हुदै धरौटीमा छुटेका हुन् । बैंङकिङ कसुर मुद्धामा शुरेश ८० लाख र ललित २५ लाख धरौटीमा छुटेका हुन् । बैक घोटला प्रकरणमा बाणिज्य बैंकका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउत पक्राउ परेका थिए ।

विराटनगर भन्सारका क्लियरिङ एजेन्ट सुरेश बोहरा र उनका प्रतिनिधि ललित बोहराका नाममा फागुन पहिलो साता पक्राउ पुर्जी जारी गरेको थियो । सुरेश र ललित दाजुभाई हुन् । दाजु भाईले बंैकको १० करोड घोटला गरेका थिए ।

बैंकको काउन्टरमा बोहरा दाजुभाइले राजस्वबापत बुझाएका एकाउन्ट पेई चेकहरू क्लियरिङ हुन नसकेपछि घोटाला भएको खुलेको थियो । मोरङ र सुनसरीका ठूला उद्योगका कच्चा पदार्थ एवं ठूला व्यावसायिक घरानाका व्यापारिक मालसामानको भन्सार क्लियरिङ गर्दै आएका बोहरा दाजुभाइले पटकपटक र विभित्र एकाउन्ट पेई चेकमार्फत् मालवस्तु छुटाएको तर खातामा रकम नभएका कारण ती चेकहरू क्लियरिङ हुन नसक्दा १० करोड नोक्सान भएको भन्दै बैंकले प्रहरीमा उजुरी दिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]