Sorry, your browser does not support JavaScript! कारोवार लुकाउदै पानी उद्योग - Merodesh.news

कारोवार लुकाउदै पानी उद्योग

विराटनगर, ७ साउन। राज्यबाट व्यावसायको अनुमति लिएपनि पानी प्रसोधनगरी विक्री गर्ने पानि उद्योग सञ्चालकहरुले राज्यलाई राजस्वमा ठगि गरिरहेको पाइएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय नेतृत्वको अनुगमनका क्रममा राज्यलाई राजस्वमा ठगि गरेको पाइएको हो ।

पानि उद्योग

आइतवारको अनुगमनका क्रममा पनि उद्योगले राजस्व छली गरेको पाइएको थियो । अनुगमनका क्रममा चारवटा उद्योगमा आन्तरिक राजस्व कार्यालय विराटनरगले कागजात जफत गरी ‘अन द स्पोट’ जरिवाना समेत गरेको छ ।

सामाजिक विकास मन्त्रालयले नेतृत्व गरेको  अनुगमन समितिले सिलबन्दी गरेका दुई उद्योग सहित चारवटा पानी उद्योगलाई जरिवाना गरेको छ ।

पानीको विक्री वितरण पारदर्शी नबनाएको शुभ जल उद्योग बुढीगंगा १ गंगा चोक, श्रीजल उत्पादन गर्दै आएको विराटनगरको तिरुपती जलल उद्योग र पूजा फुड एण्ड वेभरेज इन्ड्रष्टीजलाई पाच÷पाच हजार जरिवाना गरिएको छ ।

त्यस्तै गोमा रानीलाई दुई हजार जरिवाना गरिएको  आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत माधवप्रसाद दाहालले जानकारी दिए । अनुगमनका क्रममा गोमा रानी र पूजा फुड ऐण्ड वेभरेजमा सिलबन्दी गरिएको थियो ।

अनुगमन गरिएका उद्योगलाई आन्तरिक राजस्व कार्यालयले कार्यालयमा हाजिरी हुन निर्देशन पनि दिएको   छ । पानी उत्पादक उद्योगीहरुले कर कानुनको पालना नगरेकाले उद्योगीहरुलाई जरिवाना काटेर कार्यालयमा उपस्थीत हुन भनिएको दाहालले बताए । कारोवारको अवस्था हेरेर उनीहरुलाई थप जरिवाना गर्न सकिने दाहालको भनाई छ  ।

आइतवार प्रदेश १ सामाजिक विकास मन्त्रालय नेतृत्वको अनुगमन समितिले विराटनगर–४ मा सञ्चालित गोमा रानी उद्योग र पूजा जलको नाममा पानी बिक्री गर्दै आएको पूजा फुड एण्ड वेभरेज इन्ड्रष्टीजमा सिलबन्दी गरिएको हो ।

अनुगन टोली  आउने थाहा पाएपछि सुभकामना जल उद्योगका सञ्चालक रञ्जित अग्रवाल भने उद्योग बन्द गरेर भागेका थिए । शुक्रवार विराटनगर– कोचाखालमा सञ्चालित एसएसएस जल उद्योगमा शिलबन्दी गरिएको थियो ।

एक्वा निकी गंगा र एक्वा हिरोका नाममा पानी बिक्री गर्दै आएको गोमा रानी उद्योगले खाद्य अनुज्ञापत्र लिएको थिएन भने पूजाले तीनबर्षयता खाद्य अनुज्ञापत्र नविकरण पनि गरेको थिएन । पूजाको उद्योग फोहोर दुर्गन्धित अवस्थामा भेटिएको थियो ।

पानी उद्योग सञ्चालनकालागि खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञा पत्र नलिई पानी बिक्री गर्न पाइन्न । तर दुई उद्योगले अनुज्ञा पत्र बिना नै बजारमा पानी विक्री गरिरहेको पाइएपछि शिलबन्दी गरिएको हो ।

२०७१ सालमा स्थापना भएको पूजा फुड एण्ड वेभरेज इन्ड्रष्टीजले एकबर्षकालागि मात्र अनुमतीपत्र लिएको थियो । २०७४ साल चैतदेखि सञ्चालनमा आएको गोमा रानीले खाद्य अनुज्ञापत्र बिना नै पानी विक्री गर्दै आएको थियो ।

खाद्य अनुज्ञा पत्र नै नलिएका उद्योगलाई शिलबन्दी गरिएको क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]