Sorry, your browser does not support JavaScript! झापामा अहिलेसम्म ६२ प्रतिशत रोपाइँ - Merodesh.news

झापामा अहिलेसम्म ६२ प्रतिशत रोपाइँ

भद्रपुर, ६ साउन।   धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ ।

अर्जुनधारा नगरपालिका कार्यालयका योजना (कृषि) अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि अन्तिम सातादेखि परेको खडेरीका कारण रोपाइँ हुन सकेको छैन ।

किसानले धानको बीउ राख्न ढिलो गरेकाले बेर्ना रोप्न योग्य भइनसकेको र जनशक्ति अभावका कारण यो वर्ष बेलैमा रोपाइँ हुन नसकेको उहाँको भनाइ छ ।

जिल्लामा ९५ हजार हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ हुने गरेकामा गतवर्ष यतिबेलासम्ममा ७५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो ।

धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको कृषि अधिकृत भट्टराईको भनाइ छ । चौध प्रतिशत अर्धसिञ्चित र बाँकी धानखेती आकाशे पानीको भर पर्नुपर्छ ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङ्टिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]