Sorry, your browser does not support JavaScript! मोरङ काँग्रेस सरकारविरुद्ध खरो उत्रने - Merodesh.news

मोरङ काँग्रेस सरकारविरुद्ध खरो उत्रने

विराटनगर,  ५ साउन।   नेपाली काँग्रेस मोरङ सरकारविरुद्ध खरो रुपमा उत्रने भएको छ ।

पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

पार्टीको जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले तहबाट माग भई आएअनुसार प्रशिक्षणलाई अझ घनीभूत रुपमा सञ्चालन गर्ने तयारी गरेको हो । प्रमुख विपक्षीको रुपमा रहेको काँग्रेसले पार्टी संगठन सुदृढीकरणमा ध्यान दिन प्रशिक्षण चलाउनेदेखि सरकारको विरोधमा पार्टीले गर्ने सशक्त आन्दोलनमा मोरङको सहभागितालगायत विषयमा निर्णय गरेको छ । पार्टी सचिव मोदराज घिमिरेले भने,‘सरकारविरुद्ध केन्द्रले तय गरेको साउन १५ विरोध सभामा हाम्रो व्यापक सहभागिता हुँदैछ ।’

घिमिरेका अनुसार आइतबार विपी स्मृति दिवस बिहान ८ बजे पार्टी कार्यालयमा, क्षेत्र नम्बर १ को लेटांगमा १२ बजे, विपी सेवा केन्द्र डायनिया १ बजे बृहत उपस्थितिसाथ मनाइने निर्णय भएको बताए । भने,‘पहिलो चरणमा सत्र तहमा प्रशिक्षणपछि माग भएकोले भदौ दोस्रोबाट सुरु गर्दैछौं ।’

क्रियाशील कार्ड वितरण गर्न विरण अध्यावधिक भई आएका गाउँ एवं नगरमा कार्ड वितरण गर्ने र अध्यावधिक हुन बाँकीको पनि गराउने तयारी भएको छ । केपी ओली नेतृत्व सरकारको निर्णयको विरोधमा श्रावण १५ देखि हुने विरोध सभामा वृहत उपस्थिति गराउन केन्द्रीय प्रतिनिधि अनुरोध गर्ने, भातृसंगठन, प्राध्यापक, वकिल, इन्जिनियर, चिकित्सकसँग समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यसैगरी पूर्वलोकतान्त्रिक फोरमका नेता, कार्यकर्ता र पदाधिकारीसमेत समावेश गरी कार्यसम्पादन समिति गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने काँग्रेसले निर्णय गरेको छ ।

काठमाडौमा भएको नेपाल तरुण दलका सभापति जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईंलगायत माथि भएको धरपडकको भत्र्सनासमेत गरिएको छ । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको बेठकमा केन्द्रीय सदस्य डा. डिला संग्रौला पनि उपस्थित थिइन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]