Sorry, your browser does not support JavaScript! पुष्पलालको स्मृति दिवसमा कविता प्रतियोगिता - Merodesh.news

पुष्पलालको स्मृति दिवसमा कविता प्रतियोगिता

विराटनगर,  ५ साउन।  नेपालको बाम आन्दोलनका शिखर पुरुष पुष्पलालको ४० औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित प्रतियोगितात्मक कविता प्रतियोगितामा विराटचोकका कवि छवि बैरागी घिमिरेले पहिलो स्थान हासिल गरेका छन् ।

पुष्पलालको स्मृति दिवसमा कविता प्रतियोगिता

पुष्पलाल स्मारक समितिले आयोजना गरेको सो प्रतियोगितामा बैरागीसंगै इटहरीका कवि छविलाल भण्डारीले दोश्रो र झापाका कवि प्रचुर अभावले तेश्रो स्थान हासिल गरेका छन् । यसैगरि श्रीपुस्तिका भण्डारीले प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगिताका बिजयीलाई क्रमशः ५ हजार,३ हजार २ र १ हजार नगद राशीको पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कवि एवम राष्ट्रिय सभाका सदस्य खेम नेपाली र आयोजक संस्थाका अध्यक्ष केशवप्रसाद गौतमले बिजयीलाई नगद तथा प्रमाणपत्र प्रदान गरे ।

पुष्पलालको स्मृति दिवसमा कविता प्रतियोगिता

प्रतियोगितामा बरिष्ठ गजलकार तथा कवि मधु पोखरेल, बरिष्ठ रंगकर्मी भरत गुरागाई र कवि एवम साहित्यकार सरला चापागाईले निर्णायकको भमिका निर्वाह गरे । कार्यक्रममा यूवा तथा जेष्ठ ३० जना प्रतियोगि कवि र ६ जना अप्रतियोगि कवि समेत गरेर प्रदेश एकका ३६ जना कविहरुले सहभागिता जनाएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

शिक्षादीप कलेजमा कविता प्रतियोगिता
शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन्[...]

पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ[...]

भक्तपुरमा जेसम साहित्य यात्रा 
भक्तपुरमा जेसम साहित्य यात्रा 

भक्तपुर।  सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट[...]