Sorry, your browser does not support JavaScript! बडीबिल्डींग कोचकालागि प्रशिक्षक प्रशिक्षण तालिम - Merodesh.news

बडीबिल्डींग कोचकालागि प्रशिक्षक प्रशिक्षण तालिम

विराटनगर, ५ साउन।  शारिरीक सुगठन प्रशिक्षककालागि विराटनगरमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ ।

प्रशिक्षण तालिम

मोरङ बडी बिल्डींग संघ र नेप्लीज फेडरेसन अफ बडी बिल्डींग एण्ड फिटनेशको आयोजनामा सञ्चालन गरिएको प्रशिक्षणको राष्ट्रीय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाटले उदघाट्न गरे ।

आगामी १२ गतेसम्म चल्ने पाँचदिने प्रशिक्षक प्रशिक्षण तालिममा प्रदेश एकको सुनसरी, मोरङ, झापा, इलाम सहित प्रदेश २ का समेतगरि ३३ जना सहभागि भएका छन । तालिममा सहभागि नया तथा पुराना कोचलाई बडी बिल्डींग एण्ड फिटनेश,स्पोर्टस साइन्स,मेडिसिन र न्युट्रिसन लगायतका बिषयमा प्रशिक्षण दिईने मोरङ बडी बिल्डींग संघका अध्यक्ष अमलेस कर्णले जानकारी दिए ।

प्रशिक्षण तालिम

प्रशिक्षणको उदघाटन सत्रमा नेप्लीज फेडरेसन अफ बडी बिल्डींग एण्ड फिटनेशका निर्वतमान अध्यक्ष शिवलाल श्रेष्ठ, अन्र्तराष्ट्रिय अध्यक्ष लोकेन्द्र परियार, महासचिव अजय बज्राचार्य, क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष रबिन नगरकोटी र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल लगायतले शारिरीक सुगठन स्वस्थ्य जीवनकालागि आवश्यक रहेको बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]