Sorry, your browser does not support JavaScript! बिपदमा युवा सञ्जाल निर्माण गरेर खोलामा स्पर निर्माण - Merodesh.news

बिपदमा युवा सञ्जाल निर्माण गरेर खोलामा स्पर निर्माण

विराटनगर, ५ साउन । बाढी प्रकोपलाई रोक्न मोरङका युवाहरुले श्रमदान गरेर बक्राहा खोलामा छ वटा स्पर निर्माण गरिदिएका छन ।

नेपाल कम्युनिष्ट पार्टीको वाइसिएल र युवा संघ मोरंगमा आवद्ध युवाहरुले “बिपदमा युवा सञ्जाल” निर्माण गरि निशुल्क श्रमदान गरेर मिक्लाजुङ ४ मा बक्राहा खोलाको पश्चिमतर्फको तटबन्धमा ६ वटा स्पर निर्माण गरिदिएका हुन ।

स्पर निर्माण

बक्राहा खोलाको सतह बस्तीको भन्दा अग्लो भएको र पक्की तटबन्ध पनि निर्माण भैनसकेकोले बाढीले क्षति पुरयाउदै आएको थियो । अघिल्ला बर्षहरुमा जस्तो यो बर्ष पनि बाढीले क्षति नपुरयोस भनेर सबै युवाहरु मिलेर बिपदमा युवा भन्ने सञ्जाल निर्माण गरि २ साउनमा ६ वटा तटबन्ध निर्माण गरिदिएको वाइसिएल मोरंगका ईन्र्चाज बिजय डाँगीले बताए ।

बिपदमा युवा सञ्जालले प्रकोप पिडितहरुको राहत र उद्धार कार्यमा सहयोग गर्नेसँगै भ्रष्टचार र वेथितीहरु नियन्त्रण गर्ने अभियानमा चलाउने तैयारी थालेको छ । स्थानिय तहमा व्यपाक भ्रष्टचार भैरहेको आम गुनासो आइरहेकोले मोरंगका सबै स्थानिय तहमा शुसानिकालागि ध्यान आर्कषण गराउने र त्यसपछि भण्डाफोर अभियान चलाउने बाइसिएल ईन्र्चाज डाँगीले जानकारी गराए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]