Sorry, your browser does not support JavaScript! लेटाङ प्रिन्सेस भएपछि जीवनमा परिवर्तन महशुस भयो - Merodesh.news

लेटाङ प्रिन्सेस भएपछि जीवनमा परिवर्तन महशुस भयो

 विराटनगर, ५ साउन।  सुजता खतिवडा लेटाङ प्रिन्सेसकी विजेता हुन् । मोरङको लेटाङ–९ की १८ वर्षीया यी सुन्दरी कक्षा १२ को पढाई सकेर उच्च शिक्षाको तयारीमा छिन् । बुवा जीवनाथ खतिवडा र आमा लक्ष्मीदेवी खतिवडाको कोखबाट जन्मिएकी सुजता गाउन र नाच्न रुचाउँछिन् भने नयाँ नयाँ ठाउँको अवलोकन गर्नु उनको सौख हो ।

लेटाङ प्रिन्सेस

लेटाङ प्रिन्सेसको ताज जित्दा कस्तो महशुस गर्नु भयो ?

धेरै खुशी भएँ । हामी ४३ जना प्रतिष्पर्धीहरु लेटाङ प्रिन्सेसको ताज जित्न कडा मेहेनत गरेका थियौं । जसमा म त्यो ताज जित्न सफल बने । यो उपाधि जित्नु मेरो लागि ठूलै उपलब्धि हो भन्ने मैले ठानेकी छु ।

लेटाङ प्रिन्सेस भएपछि जीवनमा के परिवर्तन आयो त ?

हिजो म सामान्य युवती थिएँ, आज यो प्रतियोगिताले धेरै माझ चिनाएकोे छ । तर, म आफैं हिजो जस्ती थिएँ उस्तै छु भन्ने महशुस गर्छु । उपाधि जितेर होइन, काम गरेर ठूलो बन्न सकिन्छ । यति हो, उपाधिले पहिचान बनाउन सघाउँछ ।

सुन्दरी प्रतियोगिता जित्नेहरू मोडलिङ क्षेत्रतिर आउँछन्, तपाईंको के विचार छ ?

म अहिले अध्ययन गर्दैछु । भबिष्यमा मोडलिङ क्षेत्रमा स्थापित हुने सोचाई बनाएको छु ।

फुर्सदमा के गर्नुहुन्छ ?

साथीहरुसँग घुमफिर गर्ने, टिभी हेर्ने, फेशबुकमा साथीहरुसँग कुराकानी गर्ने ।

तपाईंलाई आफू कतिको राम्री छु भन्ने लाग्छ ?

सबै मान्छेको हेराई एउटै हुन्छ भन्ने हुँदैन । तसर्थ म धेरै राम्री छु भन्ने पनि लाग्दैन । म जस्तो छु, त्यसैमा खुशी छु ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

संघीय सरकारको सुप्रिमोले गर्दा प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको हो : ईन्द्र आङ्बो
संघीय सरकारको सुप्रिमोले गर्दा प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको हो : ईन्द्र आङ्बो

‘ईन्द्र बहादुर आङ्बो एक प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । सशस्त्र माओवादी जनयुद्धमा लडाकु कमाण्डरको अनुभव सँगालेका युवा उमेरका उनी प्रस्ट र पारदर्शी काम रुचाउँछन् । संघीय सरकारले[...]