Sorry, your browser does not support JavaScript! सिनेमाको अभिनय छाडेर होचापुडकाहरुको हकहितमा - Merodesh.news

सिनेमाको अभिनय छाडेर होचापुडकाहरुको हकहितमा

होचापुडकालोकनाथ ढकाल (५८) गुल्मीको खडगकोटमा जन्मेका हुन । प्रकृतिवाट उचाँईमा ठगीएका उनी नेपाल टेलिभिजनका चौथो नायक समेत हुन ।

]राष्ट्रिय नाचघरमा पाँचौ तहमा स्थायी जागिरे रहेका उनी काठमाण्डौका गोकर्णमा स्थायि वसोवास गर्छन । आफुभन्दा दोव्वर (५फुट) अग्ली तनहुकी विमला न्यौपानेसँग प्रेम विवाह गरेका उनका दुई सन्तान छन । तीन दर्जन नेपाली ठूलो पर्दाको चलचित्र र दुई दर्जन जति टेलिचलचित्रमा अभिनय गरेर आफनो कला प्रर्दशन गरिसकेका छन लोकनाथले ।

आजकल चलचित्रमा कम देखिन थालेका उनी समाज सेवामा रमाउन थालेका छन । समाजमा विभेदमा परेका आफु जस्तै होचा पुडकाहरुलाई संगठित गर्न उनले २०५८ सालमै नेपाल होचा पुडका संघ खोलेका छन । होचा पुडकाहरुको समस्या उनि यसरी सुनाउँछन :

होचा पुडका भईयो हामी हाम्रो आफनै व्यथा छ, कस्लाई के थाहा छ

होचा पुडकाहरुलाई समाजमा होच्याउने चलन छ । तर होच्याउनु हुँदैन । उनीहरुमा विलक्षण कला हुन्छ । हँसाउने, गाउने, नाच्ने आदि कलामा होचा पुडकाहरु एदाहरण्ीय वन्दै आएकोले उनीहरुलाई घृणा हैन अवसर दिनुपर्छ ।

यसैले होचा पुडकाहरुलाई संगठित गरेर अधिकारबारे सचेत गराउन संघ स्थापना गरेका छौ । हाम्रो संस्थामा चारफुट भन्दा होचाले सदस्यता पाउन सक्छन । ८२ जनालाई संस्थाको सदस्य वनाईसकेको छौ । होचा पुडकाहरुलाई समाजिक मान्यता दिलाउन र उनीहरुको कलाको संरक्षण गर्दै रोजगारका अवसर सृजना गर्न होचा पुडका संघ लागिपर्छ ।

किनभने हेचा पुडकाहरुको कलाको संरक्षण हुनसके धेरैले आफनो कलालाई पेशा वनाएर जीवन धान्न सक्छन । तर राज्यले यसतर्फ ध्यान दिएको छैन । पहिले त होचा पुडकालाई अपांङग समेत भनिदैनथ्यो । तर अव उनीहरुले मान्यता पाएका छन । यसैले अपांङग महासंघभित्र आफनो पकड दह्रो वनाउने अभियानमा हामी लागिपर्छौ ।

झुक्ने छैनौ मान्ने छैनौ हमी अघि वढछौ, जहाँ जस्तो परेनी देशकैलागि लडछौ

हेचा पुडाकाहरुलाई समाजमा विभेद गरिनेमात्र हैन, समान अवसरवाट पनि वन्चितगराईन्छ । यसैले उनीहरुलाई विशेषाधिकार हुनुपर्छ । होचा पुडकाहरुले भोग्नुपर्ने सवैभन्दा पिडादायि समस्या भनेको वैवाहिक समस्या हो ।

समाजमा होचोपुडको भनेपछि छोरीचेली नै दिँदैन । चेलीहरुले बर पाउँदैनन । धेरैले अविवाहित नै बस्नुपरेको छ । हेचा पुडकाहरुलाई रोजगारी दिन उनले काठमाण्डौमा लाखौको लगानीमा वेकरी क्याफे खोल्दैछु । कहाँ खोल्ने त्यो त टुंगो भएको छैन तर २० लाख जतिको लगानीमा खोलेर होचा पुडकालाई नै तालिम र रोजगारी दिने योजना छ । काठमाण्डौ वाहिर पनि होचा पुडका संघको शाखा विस्तार गर्ने चाहना छ ।

सप्तरंगी ईन्द्रेणीका सातै रंगी हामी, पन्छाउन नखोज अपाङग भनि

वलभन्दा वुद्धि ठूलो भन्ने एनटिभिको सिरियालमा नायक भएर टेलिभिजनको चौथो नायकको उपमा पाएको हुँ । धेरै साना ठूला चलचित्र खेले । आजकल चलचित्रहरुमा कम देखिनुको कारण आफनै अधिकारकालागि लागिपरेकोले हो । सिनेमा खेल्नु रहर जस्तो मात्रै भयो । जीविको पार्जनपनि भएन त्यसैले आफु र आफुजस्तैका लागि अभियन्ता वन्ने सोच वनाएर अगाडी बढिरहेको छु ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]