Sorry, your browser does not support JavaScript! डा केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधनः गृहमन्त्री - Merodesh.news

डा केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधनः गृहमन्त्री

जनकपुरधाम, ५ साउन।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा गोविन्द केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गरिने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षासम्बन्धी विधेयकमा डा केसीको मागअनुरूप के गर्न सकिन्छ भन्ने सन्दर्भमा गृहकार्य भइरहेको बताउनुभयो ।

गृहमन्त्री थापाले संघीय प्रहरी ऐन निर्माणपछि मात्र प्रदेश प्रहरी ऐनको प्रक्रिया अगाडि बढ्ने स्पष्ट गर्नुभयो । सीमासम्बन्धी देखिएका जटिलतालाई आपसी सहमतिका आधारमा समाधान गरिने बताउँदै उहाँले सम्झौताको पुनरावलोकन पनि अपरिहार्य भइसकेको धारणा राख्नुभयो ।

गृहमन्त्री थापाले सरकारी ठेक्का लिइ काम नगर्ने ठेकेदारलाई कारबाही गरिने चेतावनी पनि दिनुभयो । उहाँले पार्टी एकीकरणको प्रत्याभूतिको कार्य अब स्थानीय तहमा पनि तीव्र गरिनेछ भन्नुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]