Sorry, your browser does not support JavaScript! अनुमति नलिएको पानी उद्योगमा सिल - Merodesh.news

अनुमति नलिएको पानी उद्योगमा सिल

विराटनगर, ४ साउन।   पानी मानव स्वास्थ्यलाई अतिनै आवश्यक तत्व हो । तर पानी उत्पादकले उपभोक्ताको स्वास्थ्यमा कतिसम्म खेलबाड गर्छन भन्ने विराटनगर–५ मा रहेको एसएसएस जल उद्योगलाई हेरे पुग्छ ।

सानो कोठामा अवस्थीत रुपमा सञ्चालित उद्योगले चार बर्षयता उपभोक्ताकालागि सुद्धपानीका नाममा जार बेचिरहेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञा पत्र समेत नलिइ सञ्चालनमा रहेको उद्योगलाई सामाजिक विकास मन्त्रालयले नेतृत्व गरेको अनुगमन टोलीले सिल गरेको छ ।

कृष्णप्रसाद अधिकारीको घरमा सानो सटर भाडामा लिएर खाद्य अनुज्ञा पत्र विना सञ्चालनमा रहेको उद्योगलाई शुक्रवार अनुगमनका क्रममा सिल गरिएको हो । एसएसएस जल उद्योगको नाममा मनिसकुमार शर्माले चारबर्षयता ‘साहीजल’ नाममा उपभोक्तालाई विक्री गरिरहेका थिए ।

अनुगमनका क्रममा मापदण्ड पूरा गरेको नपाइएपछि तत्काल उपस्थीत हुन निर्देशन सहित उद्योगमा शिल गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव गोपीप्रसाद घिमिरेले जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दिने खाद्य अनुज्ञा पत्र नलिई पानी बिक्री वितरण गर्दा पाइदैन् । तर उद्योगले मापदण्ड पुरा नगरेकाले सिल गरिएको खाद्य निरिक्षक प्रेम अर्यालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्याल, खाद्य प्रविधि तथा गुणनियन्त्रणकार्यालय सहितको अनुगुमन समितिले शुक्रवार पाचवटा पानी उद्योगको अनुगमन गरेको थियो । शान्ति जल उद्योग, गंगा यमुना जल उद्योग, एसएसएस जल उद्योग, गुडलक जल र गुड डे जल उद्योगको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा शान्ति जल उद्योगले मापदण्ड पूरा गरेको पाइएको थियो । प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ ले निर्धारण गरेको मापदण्ड शान्ति जलले पुरा गरेको थियो ।

अन्य उद्योगले भने अटोमेटिक फिलिङ मेसिन(अटोमेटिक रुपमा पानी भर्ने र सिल गर्ने मेसिन)जडान गर्न समय लाग्ने बताएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]