Sorry, your browser does not support JavaScript! बालविवाह विरुद्ध अभियान चलाउन माग - Merodesh.news

बालविवाह विरुद्ध अभियान चलाउन माग

विराटनगर, ४ साउन।   प्रदेश नम्बर १ लाई बाल विवाह मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग सहित सरोकारवाला निकायले प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् ।

बाल विवाह विरुद्धको अभियानमा सकृय संस्थाहरुको सञ्जाल ‘संस्थागत विकास सञ्जाल’ले बाल विवाह मुक्त प्रदेशको घोषणाकालागि काम गर्न माग सहित ज्ञापन पत्र बुझाएको हो ।

प्रदेश नम्बर १ का विभिन्न जिल्लाहरुमा काम गरिरहेका नौ वटा संस्थाहरुले बाल विवाह विरुद्धको बर्ष घोषणा गरी प्रदेश सरकारले विशेष अभियान चाल्नु पर्ने, विद्यालय स्तरको पाठयक्रममा बाल विवाह सम्बन्धी विषयबस्तु समावेश गर्नुपर्ने, बाल विवाह सम्बन्धी उजुरी दिन प्रत्येक वडा कार्यालयमा हटलाइनको व्यावस्था गरिनुपर्ने, बाल विवाह गर्ने र गराउनेलाई राज्यबाट दिइने सुविधाबाट बञ्चित गराइनुपर्ने, सन २०२५ भित्र प्रदेश १ लाई बालविवाह मुक्त प्रदेश बनाइनुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले बाल विवाह रोक्न प्रदेश सरकार योजना बनाएर लाग्ने बताए । अशिक्षाका कारण तराई तथा पहाडी क्षेत्रमा बाल विवाह नरोकिएको बताउदै उनले बाल विवाह संस्कार संस्कृतिका उपज भएको बताए ।

विस्तारै बाल विवाह घटदै गएको बताउदै उनले प्रदेश सरकारले सबै सरोकारवाला निकायस“ग समन्वय गरेर बालविवाह मुक्त प्रदेश घोषणा गर्नकालागि अभियान सञ्चालन गर्ने मन्त्री घिमिरेले बताएका थिए ।

सामुदायिक बिकास मञ्च, पहाडी ग्रामिण विकास संस्था उत्ततरी मोरङ , सहयोगी हातहरुको समुह, ग्रामिण महिला जागरण समुह, कोटगढी शिखर समाज, लिखुदेम्बा सामुदायिक विकास मञ्च, सामुदायिक विकास समाज मन्थली, चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज र संस्थागत विकास सञ्जाल ललितपुरले ज्ञापनपत्र बुझाएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]