Sorry, your browser does not support JavaScript! उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने - Merodesh.news

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

काठमाडौँ, ४ साउन।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ ।

आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री यादवले ले भन्नुभयो, “नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ, निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ, त्यसका लागि राज्य सहकार्य गर्न तयार छ ।”

सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै उहाँले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेकाले उनीहरुका लागि स्वास्थ्य सेवाको पहँुच पु¥याउनु दुवै क्षेत्रको दायित्व भएको उल्लेख गर्नुभयो ।

राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड थियो ।

मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा बिएण्डबी अस्पतालले आजदेखि शुरु गरेको हो ।
–––

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]