Sorry, your browser does not support JavaScript! सधै बाढीको त्रासमा फोक्लान टापु र खोर्साने खापका बासिन्दा - Merodesh.news

सधै बाढीको त्रासमा फोक्लान टापु र खोर्साने खापका बासिन्दा

विराटनगर,४ साउन।  सुनसरीको ईटहरी उपमहानगरपालिका ३ मा पर्ने खोर्साने खाप र मोरंगको सुन्दरहरैचा नगरपालिका ५ पर्ने फोक्लान टापु गाउँ खोला वारिपारी पर्छछन ।

दुई फरक फरक जिल्लामा पर्ने भएपनि दुवै गाउँबासीको साझा समस्या भने एउटै छ, – “बर्षेनी हुने बाढी प्रकोप र नदी कटानबाट मुक्त्ति ।”

फोक्लान टापु

उपमहानगर र नगरपालिका भित्र परेपनि सडक, शिक्षा, स्वास्थ्य लगायतका आधारभुत पहुँचबाट समेत बन्चित भएको मोरंग र सुनसरीको उत्तरी क्षेत्रमा पर्ने फोक्लान र खोर्सानेखाप गाउँका बासिन्दाहरुले तीन वटै तहका सरकारसँग एउटै आपेक्षा गरेका छन –‘दिगो तटबन्ध निर्माण भए बाढीबाट मुक्त्ति पाउने थियौ ।’

बुढी खोला वारिपारि छन फोक्लान र खोर्सानेखाप गाउँ

फोक्लान टापु र खोर्सानेखाप गाउँ मोरंग र सुनसरीको सिमाना भएर बग्ने बुढी खोलाको वारिपारी छन । बषौदेखी दुवै गाउँबासीहरुले बाढीबाट सास्ती पाउँदै आएका छन । बाढीको सास्तीले गर्दा दुवै गाउँबाट धेरै गाउँलेहरु बसाई सरेर गैसकेका छन ।

कृषी बाली , खेती योग्य जमिन, पशु चौपाया र घरघडेरी समेत बाढीकै कारण बर्षेनी जोखिममा पर्दै आएको छ स्थानिय तह, प्रदेश र केन्द्रमा बिजयी हुने सबै नेताहरुले दिगो तटबन्ध निर्माण गरिदिने आश्वासन दिएर मत लिएपनि गरेका बाचा पुरा गर्न कसैले चासो दिएका छैनन ।

हरेक बर्ष झै यो बर्ष पनि बर्षायाम सुरु भैसकेकोले कहिले बाढी आउला र कन्त बिजोग बनाउला भनेर उनिहरु त्रसित छन ।

“हामीलाई धेरै केही चाहिएकै छैन जितेर जाने नेताहरुले तटबन्ध निर्माण गरेर बाढीबाट मुक्त्ति दिलाइदिए हुन्थ्यो” — फोक्लान टापुकी चन्द्रकला राई र खोर्सोने खापकी जुना धिमालले भने ।

फोक्लान टापुका बासिन्दा टिकाराम राई र खोर्साने खापका आशबहादुर धिमालले पनि देशमा स्थानिय, प्रदेश र केन्द्रमा सरकार सक्रृय भैसकेकोले बाढीको त्रासबाट आफुहरुले मुक्त्ति पाउने आशा लिएको तर पुरा हुने लक्षण सुरु नभएको बताए । भने, – ‘हेरौ अब केही गर्छन किन भनेर आशमा थियौ तर अझै कसैले केही गरेकै छैनन ।’

वारिपारि रहेका दुवै गाउँमा बिद्यालय, स्वास्थ्य चौकी जान आउन खोला तर्नुपर्छ । अझै सम्म खोलामा पुल बनेको छैन । आफनो जिल्लातिर पुल नहुँदा फोक्लान टापुका बालबालिकाहरु झोलुंगे पुल तरेर एक घण्टा हिँडेर अर्का जिल्ला ईटहरीमा रहेको बिद्यालय पढन धाउँछन ।

बर्षेनी आउने बाढीले बाली बगाउने र कटान गरेर खेत नष्ट गर्ने मात्र नभएर घरगाउँ नै बगाउने गरेको दुवै गाउँबासीहरु बताउँछन ।

सुनसरीतर्फ खोर्साने खाप मोरंगतर्फ फोक्लान गाउँ

मोरंग र सुनसरीको सिमाना भएर बग्ने बुढी खोला पश्चिम सुनसरीतर्फ खोर्साने खाप र पुर्व मोरंगतर्फ फोकल्याड गाउँ छ । खोर्साने खाप गाउँलाई बुढी खोलाले बर्षेनी पिर्ने गरेको छ । फोक्लानलाई पश्चितर्फ रहेको बुढी र पुर्वतर्फ रहेको लाटी खोलाले पिर्ने गरेका छन ।

फोक्लान गाउँका बासिन्दाहरु पुर्वको लाटी खोलामा बाढी आएमा वडा कार्यालय सम्म पनि आउन पाउँदैनन । यसैले स्थानियहरु बर्षायाममा हाटबजार, पढाई, उपचार सबैकालागि एक घण्टा पैदल हिँडेर छिमेकी जिल्ला सुनसरीको इटहरीका बिद्यालय र क्याम्पस र अस्पतालमा पुग्ने गर्दछन ।

छिमेकी जिल्लातर्फ ओहोरदोहोर गर्न झोलुगे पुल निर्माण भएकोले हाटबजार , स्वास्थ्य केन्द्र र बिद्यालय जान आउन केही बर्षदेखी इटहरी पायक भएको फोक्लान गाउँका अगुवा टिकाराम राइले बताए । हरेक पल्ट भोट माग्न आउनेहरुले प्रतिबद्धता गरेपनि सधै धोका दिने गरको उनले सुनाए ।

उनले भने, – “तीन वटा चुनावमा भोट माग्न एकै साल आए तर आफनै जिल्लातर्फको लाटी खोलामा झोलुंगे पुल समेत निर्माण भएको छैन ।” फोक्लान टापुमा ३५ घर परिवारको बसोबास छ । २०१० सालमा झोडा फडानी भएपछि बसोवास गर्दै आएका स्थानियहरु बाढीकै पिडाले गर्दा बसाई सरेर जान बाध्य भैरहेका छन ।

कृषी र पशुपालनलाई मुख्य पेशा बनाएका उनिहरुले बाढीबाट मुक्त्त पाउन सके व्यवसायीक रुपमा मौसमी तरकारी खेती र बाख्रा पालन गरेर मनग्गै आम्दानी गर्न सकिने र गाउँलाई पर्यटनको केन्द्रका रुपमा पनि चिनाउन सकिने स्थानियहरु बताउँछन ।

बाढीले बगाएपछि होमस्टे प्रभाबित

झण्डै ५० घरपरिवारको बसोवास भएको खोर्साने खापमा इटहरी उपमहानगरपालिकाले आवश्यक तालिम दिएर १५ घरमा होमस्टे पनि संचालन गराएको थियो । तर २०७४ साउनमा आएको बाढी गाउँ पसेर घर बगाएपछि त्यहाँको होमस्टे सेवा नै प्रभाबित बन्न पुगेको छ ।

बाढीले होमस्टेकालागि बनाएको घर बिगारेपछि अहिले त्यहाँ पाहुनाहरु घटेका छन । बाढीले दिगो तटबन्ध भए मनमोह कबन क्षेत्रभित्र रहेको खोर्साने खाप नमुना गाउँ बन्न सक्ने होमस्टे संचालन समिति अध्यक्ष आशबहादुर धिमालले बताए ।

दुई बर्ष अघि संचालनमा आएको होमस्टेमा टन्नै सेवाग्राहीहरु आउन थालेका थिए । तर बाढीले क्षति पुरपाएपछि पाहुनाहरुलाई चाहे जसरी सेवा दिन पाइरहेका छैनन । बाढीले गर्दा बर्षायाममा आवतजावत समेत कष्ट भोग्न बाध्य यो गाउँकालागि बुढी खोलामा भर्खरै झोलुंगे पुल निर्माण हुने क्रममा छ ।

खोर्साने खापबासीले होमस्टे बाहेक कृषी र पशुपालनलाई मुख्य पेशा बनाएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]