Sorry, your browser does not support JavaScript! विराटनगरस्थित एक घरमा आगलागि : सिलिण्डर पड्किएर आगलागि भएको दाबी - Merodesh.news

विराटनगरस्थित एक घरमा आगलागि : सिलिण्डर पड्किएर आगलागि भएको दाबी

विराटनगर, ४ साउन।  विराटनगर–५ चांदनीचोकस्थित एक घरमा आज बिहान आगलागि भएको छ ।

आगलागिबाट स्थानिय सुनिता शर्माको घर जलेको छ । घरमा कोहि नभएको भएको समयमा भएको आगलागिबाट घरभित्रका फर्निचरसहितका सबै सामान जलेको छ । सिमेन्ट, काठ र जस्ताले बनाइएको घर आगालागिबाट पुरै क्षतिग्रस्त भएको छ ।

घरधनि सुनिता शर्माले सिलिण्डर पड्केर आगलागि भएको दाबी गरेको छन् । उनले आफुले अर्का एक ब्यक्तिलाई भाडामा दिएको कोठाभित्रबाट आगलागि भएको जानकारी दिए । आगलागिको क्रममा दुईवटा सिलिण्डर पड्किएको र त्यसको आवाज टाढासम्म सुनिएको स्थानीयले जानकारी दिएका छन ।

पड्केको सिलिण्डरले घरको छाना छेडेको छ भने धुजाधुजा भएको सिलिण्डरका टुक्राहरु छरिएको अवस्थामा भेटिएको छ । पड्किएको सिलिण्डर रिजालको ग्यांस कम्पनीको रहेको छ ।

आज बिहान १० बजे भएको आगलागि विराटनगर महानगरपालिकाको दमकल, स्थानीय प्रहरी र छरछिमेकको सहयोगमा निभाइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]