Sorry, your browser does not support JavaScript! एक नम्बर प्रदेशमा समाजिक विकास मन्त्रालयको प्रगति सार्वजनिक - Merodesh.news

एक नम्बर प्रदेशमा समाजिक विकास मन्त्रालयको प्रगति सार्वजनिक

विराटनगर, ४साउन । एक नम्बर प्रदेशको समाजिक विकास मन्त्रालयले गत बर्ष भलिबल प्रतिगोगिता सम्पन्न गर्नेदेखी केही कानुनको मस्यौदा निर्माण गर्नसम्मको बिभिन्न काम गर्न भ्याएको छ ।

समाजिक विकास

समाजिक विकास मन्त्रालयले गत आव २०७४।०७५को छ महिनाको कार्य प्रगतिबारे बिहिबार पत्रकार सम्मेलनमा जानकारी गराउदै आर्थिक, भौतिक र मानव स्रोत साधन र कानुनको अभावमा पनि आफनो कामहरु निरन्तर अगाडी बढाएर सन्तोषजनक कार्य प्रगति हासिल गर्न सकेको जनाएको छ ।

शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला तथा बालबालिका र श्रम सम्बन्धि क्षेत्र हेर्ने मन्त्रालयका रुपमा रहेको समाजिक विकास मन्त्रालयले सबै क्षेत्रमा गत बर्षमा कानुनी अधिकारको संक्रमणकालका बावजुद उल्लेख्य काम गर्न भएको मन्त्री जीवन घिमिरले बताए ।

काननु निर्माण भैसकेपछि मन्त्रालयले दु्रत गतिमा कठोर भएर परिणाममुखी काम अगाडी बढाउने बताए । भने, – “अभावै अभाव भएपनि हामीले अन्य प्रदेशको भन्दा धेरै काम गर्न सफल भएका छौ यसलाई हामीले सन्तोषजनक प्रगति मानेका छौ ।”

मन्त्रालयका अनुसार अनुसार गत आवको ६ महिनामा मन्त्रालयले क्षेत्रीय खेलकुद विकास समितिको सहयोगमा धनकुटाको राजारानी गाउँपालिकामा प्रदेश स्तरिय सगरमाथा कप भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

यसैगरि प्रदेशको खेलकुद विकास तथा प्रर्बद्धनकालागि बिद्यालय स्तरिय खेलकुद विकास गर्न राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा आर्थिक सहायता गरेको छ । साथै प्रदेश स्तरको एक बृहत जातीय तथा साँस्कृतिक संग्राहलयको स्थापनाकालागि अध्यन थालेको छ ।

साथै मोरंगको शनिश्चरेलाई साँस्कृतिक ग्रामको स्थल छनौट गरेको छ भने प्रदेशमा कला साहित्य र सँस्कृतिको बिकासकालागि प्रदेश स्तरिय प्रतिष्ठानको पहल थालेको र प्रदेशको जाति धर्मको सँंरक्षणकालागि कार्यक्रमहरुलाई सहयोग पनि गरेको छ ।

मन्त्रालयले गत बर्ष घरेलु हिँसा, नागरिक समाज, शिक्षा र खेलकुद ४ बिषयको मस्यौदा तर्जुमा सम्पन्न गरेर प्रदेश सभामा पेश गर्ने तैयारी गरेको छ । जनस्वास्थ्य बिधेयक मस्यौदा गर्न कानुन मन्त्रालयबाट स्विकृती लिएको छ ।

मन्त्री घिमिरेका अनुसार गत बर्ष प्रदेशमा भर्ना अभियान तथा पाठयपुस्तक बितरण प्रभावकारी बनाएको बिपन्न तथा असहाय बालबालिकाहरुकालागि प्रदेश १मा २ सय ८३ जना बिद्यार्थीको अभिभावकत्व ग्रहण गराएको छ । मन्त्रालयले बालबिबाह अनत्य र सचेतना अभियानकालागि अन्र्तक्रियामा पनि तीब्रता दिएको छ ।

मन्त्रालयले प्रदेशमा दक्ष जनशक्त्ति उत्पादनकालागि प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको स्थापना गर्ने र मनमोहन पोलिटेक्निकलाई प्राबिधिक बिश्वबिद्यालय निर्माण गर्ने निर्णय गरेको छ । साथै सँस्थागत बिद्यालयहरुले १० प्रतिशत बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गर्नकालागि निर्देशिका तैयार गरेर १४ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईमा पाइसकेको छ ।

स्वास्थ्यतर्फ प्रदेश भरिका स्थानिय तहमा कार्यरत चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरुको बिबरण अद्यावबिध गरेको र बर्थिङ सेन्टर सञ्चालनकालागि उपकरण खरिदमा सहयोग गरेको छ । १४वटै जिल्लामा स्वास्थ्य शिबिर संचालन गर्न जनस्वास्थ्यलाई निर्देशन गरेको छ ।

स्वास्थ्य र सरसफाई सम्बन्धि २५ स्टानमा सडक नाटक प्रर्दशन गरेको छ । किशोरी शिक्षकालागि पत्रकार भेटघाट गर्न, योगशिरिबरमा सहभागीता जनाउन र नीजि अस्पताल तथा नर्सिगहोमहरुको नियमन गर्न सुरु गरेर १० प्रशित बेड असाहयाकालागि छुटयान निर्देशन गरेका छ ।

साथै ३५ जना प्यारालाईसिसका बिरामीहरुले प्रत्इक्ष अस्पतालबाट सेवा पाएका छन । सँगै सरसफाई अभियानमा मन्त्रालयले सक्रृयता देखाएको छ । मन्त्रालयकै पहलमा बिराटनगर स्थित कोशी अस्तालको उपचार र प्रशासकि सेवामा सुधार आएको र आयआर्जन पनि बढन थालेको छ ।

साथै कोशी अस्पतालमा कार्डियोलोजी, ल्याव, इएनटी र क्याम्सर उपचार सँगै न्युरोको ओपिडी सेवा पनि सुरु भएको दाबी मन्त्रायको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]