Sorry, your browser does not support JavaScript! विराटनगरमा इन्जीनियर दिवस मनाइयो - Merodesh.news

विराटनगरमा इन्जीनियर दिवस मनाइयो

विराटनगर, ४  साउन।  इन्जीनियरहरु विकासका मुल संवाहक भएकाले थप जिम्मेबार भएर अघि बढ्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

इन्जीनियर

५६ औं इन्जीनियर दिवसको अवसरमा नेपाल इन्जीनियर्स एसोसिएशनले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै प्रदेश एक भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागर राईले इन्जीनियरहरुले पेशागत दक्षता, इमान्दारिता र कर्तब्यलाई साक्षी राखेर प्रदेशको भौतिक विकासमा जुट्नुपर्ने बताए ।

इन्जीनियर

विराटनगर महानगरपालिकाका इन्जीयिनर भरत न्यौपाले राम्रो काम गर्दापनि औंला ठ्डयाउने परिपाटी रहेको बताउंदै कर्तब्यलाई साक्षी राखेर गरेको काममा आत्तिन नहुने बताए ।

दिवसको अवसरमा एसोसिएशनका पुर्व अध्यक्षत्रय टीका उप्रेती,भरत न्यौपाने र प्रकाशभक्त जोशीलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले जानकारी दिए । भौतिक पुर्वाधार मन्त्रालय प्रदेश एकका सचिव राईले उनीहरुलाई मायाको चिनोसहित सम्मान गर्नुभयो ।

इन्जीनियर

कार्यक्रममा एसोशिएसनमा आबद्ध दुइसय बढी इन्जीनियरहरुको सहभागिता थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]