Sorry, your browser does not support JavaScript! लागुऔषध सहित पक्राउ परेकाको घरमा पेस्तोल - Merodesh.news

लागुऔषध सहित पक्राउ परेकाको घरमा पेस्तोल

विराटनगर, ३ साउन।   मोरङ प्रहरीले लागु औषध सहित पक्राउ परेका दुई जना व्यक्तीहरुमाथी अनुसन्धान गर्दा पेस्तोल पनि फेला परेको छ ।

साउन १ गते विराटनगर महानगरपालिका ७ स्थित मोरङ जिल्ला अदालतको गेट बाहिर संकास्पद अवस्थामा हिडिरहेका तीनजनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा लागु औषध बरामद भएको थियो ।

बेलबारी नगरपालिका ७ घर भई सुनसरी इटहरी ९ मा बस्दै आएका संजय चौधरी’ भन्ने सुर्यनारायण चौधरी, सुन्दरहरैचा २ का २० बर्षिय राज चौधरीलाई खानतलासी गर्दा लागु औषध फेला परेको हो ।

प्रहरीका अनुसार सुर्यनारायण चौधरीको नाइट्रोजन एक पत्तामा १० चक्की भएको ३ पत्तामा जम्मा ३० (तिस) चक्की र राज चौधरीको साथबाट निट्राभेट ज्ञण् लेखिएको एक पत्तामा १० चक्की भएको २ पत्तामा जम्मा २० (बिस) गरी ५० चक्की लागु औषध बरामद गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुर्दा सूर्यनारायणको घरमा लुकाई छिपाई राखेको मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल थान १ र सो पेस्तोलमा लाग्ने म्याग्जिन सहितको ३ राउण्ड गोली समेत बरामद भएको छ ।

अनुसन्धानकै क्रममा उक्त पेस्तोल निज सुर्य नारायण चौधरीले सुनसरी दुहवी नगरपालिका २ का मोहमद अलाउदीनस“ग गएर भारतबाट भारत ल्याएको भन्ने जानकारी पाएपछि अलाउदिनलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ परेका अभियुक्तहरु मध्ये राज चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरीएको छ भने सुर्य नारायण चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ र हात हतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत मुद्धा दर्ता गरीएको छ भने मोहमद अलाउदीनलाई हात हतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सञ्जय भनिने सूर्यनारायण यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले बताएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]